केन्द्रीय संस्करण

सर्वत्र विवादपछि अक्षय कुमारले दिए भारतीय पासपोर्टको लागि आवेदन

person explore access_timeमंसिर २१, २०७६ chat_bubble_outline1

बलिउड अभिनेता अक्षय कुमारले क्यानेडियन नागरिकता त्यागेर भारतीय पासपोर्टको लागि आवेदन दिएका छन् । उनले सर्वत्र विरोधपछि भारतीय पासपोर्टको लागि आवेदन दिएका हुन् । 

उनले शुक्रबार हिन्दुस्तान टाइम्सको एक कार्यक्रमकाबीच बोल्दै कसैले राष्ट्रियतामाथि प्रश्न उठाउँदा निकै पीडा हुने भन्दै भने, ‘मैले भारतीय पासपोर्टको लागि निवेदन दिएको छु । म भारतीय भइकन पनि अरुलाई भारतीय हुँ भनेर प्रमाणित गर्नुपर्दा निकै दुख लाग्छ । मेरी श्रीमती, मेरा छोराछोरी भारतीय हुन् । म कर पनि यही तिर्छु र मेरो जिन्दगी पनि यहीको हो ।’

अक्षयसँग क्यानडाको नागरिकता छ । यसैकारण उनीमाथि थुप्रै टिकाटिप्पणी हुने गर्छ । उनले क्यानडाको नागरिकता पाउनुको कारण बताउँदै भने,‘ एक समय थियो । जब एक पटक मेरो १४ वटा फिल्म फ्लप भएको थियो । त्यसपछि मलाई के गरुँ ? भन्ने लाग्यो । त्यसपछि मेरो नजिकको साथीले क्यानडा आएर काम गर्न सल्लाह दियो ।  त्यसपछि मैले क्यानडाको पासपोर्टको लागि तयारी सुरु गरेँ । तर मेरो १५ औँ फिल्म सफल भयो ।’

उनले अहिलेसम्म १५० वटाभन्दा बढी फिल्म खेलिसकेका छन् । 
 

कमेन्ट

  1. Dec. 9, 2019, 5:20 a.m. Yaksha Dahal
    साउथ एसियनहरुको ईर्ष्या अनी राष्ट्रबादी ढोंग । "'म भारतीय भइकन पनि अरुलाई भारतीय हुँ भनेर प्रमाणित गर्नुपर्दा निकै दुख लाग्छ । मेरी श्रीमती, मेरा छोराछोरी भारतीय हुन् । म कर पनि यही तिर्छु र मेरो जिन्दगी पनि यहीको हो ।’ अक्षयसँग क्यानडाको नागरिकता छ । यसैकारण उनीमाथि थुप्रै टिकाटिप्पणी हुने गर्छ ।"
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...