केन्द्रीय संस्करण

शिक्षक अभावमा लाखौँ मूल्यका कम्प्युटर प्रयोगविहिन

person explore access_timeमंसिर २१, २०७६ chat_bubble_outline0

महोत्तरीको भङ्गाहा नगरपालिका–५ स्थित माध्यमिक विद्यालय भङ्गाहा, सीतापुर, सिद्धपुरका लाखौँ मूल्यका कम्प्युटर प्रयोग हुन सकेको छैन । विद्यालयलाई प्राप्त २२ थान कम्प्युटर सिक्न विद्यार्थी लालायित भए पनि शिक्षकको अभावमा यो विषय पठनपाठन हुन सकेको छैन ।

विगतमा विद्यालय आफैँले किनेका र जिल्ला शिक्षा समन्वय एकाइबाट प्राप्त  २२ थान कम्प्युटर शिक्षक नहुँदा दुई वर्षअघिदेखि थन्किएर रहेका छन् । प्रयोगमा नआएर थन्किदा सबैजसो कम्प्युटर अब ‘कवाड’ बन्ने डर बढेको विद्यालयका प्रधानाध्यापक श्रीराम यादवले चिन्ता व्यक्त गरे ।

विद्यालयको पठनपाठन र शिक्षक व्यवस्थापनमा कसैले चासो नराखेका भङ्गाहा–४ का बासिन्दा स्थानीय अभिभावक गोविन्द खाँ थारु बताउनुहुन्छ । शिशु (बाल) कक्षादेखि १२ सम्म अध्ययन÷अध्यापन हुने विद्यालयमा उपल्लो तहबाट शिक्षक नपठाउने र स्थानीयतहले चासो नराखी दिँदा कम्प्युटर काम नलाग्ने स्थितिमा पुगेको प्रधानाध्यापक यादवको स्वीकारोक्ति छ ।  विद्यालयमा शिशुदेखि १२ कक्षासम्म एक हजार ३०० विद्यार्थी अध्ययनरत छन् । जसमा कक्षा ११ र १२ का विद्यार्थीको सङ्ख्या १६० रहेको छ ।

विद्यालयका कक्षा ८ माथिका विद्यार्थीले दैनिकजसो नै कम्प्युटर शिक्षाबारे चासो राख्ने गरेका नेपाली विषयका शिक्षक कमलबहादुर श्रेष्ठ बताउँछन् । नगर प्रमुख सञ्जीवकुमार साह भने  नगरभित्रका विद्यालयका भौतिक अवस्था रुग्ण रहेका र तिनको मर्मतसम्भारमै शिक्षा शीर्षकमा विनियोजित रकम खर्च हुने गरेकाले कम्प्युटर शिक्षकको प्रबन्ध गर्न नसकिएको बताउँछन् । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.