झोले डाक्टरले लिए ५ जनाको ज्यान

पश्चिम तराईका सीमावर्ती जिल्लाका सरकारी/निजी स्वास्थ्य सेवाको पहुँच छैन ।
त्यहाँ मात्रै ‘बंगाली’ डाक्टरले सेवा दिइरहेका छन् । यी डाक्टरले माध्यमिक तह पनि उत्तीर्ण गरेका छैनन् । यस्तै डाक्टरसँग उपचार गराउन पुग्ने नागरिकले अकालमा ज्यान गुमाउनु परेको छ । अप्रेसन गर्न समेत पछि नपर्ने यी डाक्टर झोलामा औषधी राखेर गाउँ–गाँउ डुल्ने गर्छन् ।
बाँकेको नरैनापुर गाउँपालिका–५ मटेहियामा अवैध मेडिकल सञ्चालन गरेका ‘झोले डाक्टर’ राजेशसिंह ठाकुरले उपचारका क्रममा २ महिनाको अवधिमा ५ जनाको ज्यान लिएको रहस्य खुलेको छ ।
नरैनापुर–५ का गयाराज धोबी र राप्ती सोनारी गाउँपालिका–७ का मनिकराम धोबीको उपचारका क्रममा सोमबार मृत्यु भएपछि मंगलबार स्थलगत समाचार संकलन गर्न गाउँ पुगेका सञ्चारकर्मीलाई स्थानीयले असोज दोस्रो सतायता ५ जनाको ज्यान गएको बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही माग
-
हङकङलाई हराउन नेपालले ११६ रन बनाउनुपर्ने, युवराजले लिए ४ विकेट
-
एन्टी बायोटिक औषधिको असर घट्दा गइसक्यो ३० लाख बच्चाको ज्यान
-
सगरमाथा क्षेत्रमा पर्यटक आगमन वृद्धि : चैतमा १२ हजार भित्रिए
-
पदक विजेता बक्सिङ खेलाडीलाई स्वागत, तस्बिरहरू
-
‘एक्लो’ कान्स फिल्म फेस्टिभलमा प्रदर्शन हुने