इरानमा अहिलेसम्म सात हजार प्रदर्शनकारी पक्राउ
जेनेभा । इरानमा पछिल्लो समय भइरहेको प्रदर्शनका क्रममा अहिलेसम्म सात हजार जना प्रदर्शनकारी पक्राउ परेको पाइएको छ । संयुक्त राष्ट्रसंघले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार पक्राउ परेका मध्ये अधिकांश केही समयमै रिहा पनि भएका थिए ।
राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी कार्यालयले जारी गरेको वक्तव्यमा आधिकारीक तथा घटनालाई पुष्टि गरेका भिडियोमा प्रदर्शनकारीलाई सुरक्षाकर्मीले पिट्ने, लखेट्ने, गोली प्रहार गर्ने, हत्याको प्रयास गर्नेजस्ता कृयाकलाप भएको देखिएको छ ।
प्रदर्शनका क्रममा अहिलेसम्म २०८ जनाको मृत्यु भएको एम्नेष्टी इन्टरनेश्नलले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।
भिडियोमा सुरक्षाकर्मीहरु धेरै ठाउँमा प्रदर्शनकारीविरुद्ध जाइलागेको देखिएको मानवअधिकारसम्वन्धी राष्ट्रसंघीय उच्च आयुक्त मिचेल बाचेलेटले बताए । प्रदर्शनकारीहरु भागेर टाढा टाढा जादाँ पनि सुरक्षाकर्मीहरुले पछाडिबाट गोली प्रहार गरेको देखिएको उनको भनाई छ । -एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा