शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बिच भलिबलमा नेपालका महिला–पुरुष टोलीको जीत

शुक्रबार, २० मङ्सिर २०७६, २१ : ०३
शुक्रबार, २० मङ्सिर २०७६

पोखरा । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शुक्रबार पोखरामा आयोजित बिच भलिबलमा नेपालका महिला र पुरुषका टोली विजयी भएका छन् । पोखराको फेवा किनारको बाराही मैदानमा भएको बिच भलिबलमा नेपालका खेलाडी मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले बङ्गलादेशका शेख मोहम्मद साने र हैदर मोहम्मद इमरानको जोडीलाई २१–१५ र २१–१८ ले पराजित ग¥यो । 

राजु विक र सञ्जु शाहको जोडीले बङ्गलादेशको मोहम्मद मोनिर हुसैन र मोहम्मद अलि शाहजहाको जोडीलाई २२–२० र २१–१६ को सेटमा पाखा लगायो । 

महिलातर्फ नेपालका विनिता बुढाथोकी र नेविका चौधरीको जोडीले माल्दिभ्सका रसिदा अमिनाथ र साफ्ना इब्राहिमको जोडीलाई २१–५ र २१–६ ले पराजित गरेको हो । नेपालकै  कोपिला उप्रेती र मनिषा चौधरीको जोडीले माल्दिभ्सकै जिनिया मोसा फातिमाथ र रुदाइना अमिनाथको जोडीलाई २१–१२ र २१–१२ को सजिलो सेटमा हरायो । खुट्टाको चोटका बाबजुद मनिषाले उत्कृष्ट प्रदर्शन गरे ।  

आजको पहिलो खेलमा बङ्गलादेशका शेख मोहम्मन साने र हैदर मोहम्मद इमरानको जोडी श्रीलङ्काको इन्डिका टिरोन र जयन सनुजाको जोडी १३–२१ र १७–२१ ले पराजित भयो । माल्दिभ्सका अब्दुल्ला जायन र अहमद मोहम्मदको जोडी पाकिस्तानको जस्नव खान र अफाख खानको जोडीसँग १८–२१ र १३–२१ ले हार ब्यहो¥यो ।

बङ्गलादेशको मोहम्मद मोनिर हुसैन र मोहम्मद शाहजहाँ अलिको जोडी श्रीलङ्काको प्रदीप असङ्का र अशेन कुमाराको जोडीसँग १८–२१ र ११–२१ ले पराजित भयो ।  माल्दिभ्सको एडम नसीम र मोहम्मद अलिको जोडीले पाकिस्तानको मोहम्मद रज्जाक र वसीन मोहम्मदको जोडीलाई २१–१९ र २१–१७ ले हराउन सफल भयो । 

श्रीलङ्काका इन्डिका टिरोन र जयन सनुजाको जोडीले माल्दिभ्सका अब्दुल्ला जायन र अहमद मोहम्मदको जोडीलाई २१–१० र २१–१६ को सेटमा हरायो । श्रीलङ्काकै प्रदीप असङ्का र अशेन कुमाराको जोडीले माल्दिभ्सका एडम नसीम र मोहम्मद अलिको जोडीलाई २१–१४ र २१–१३ को सेटमा हरायो ।

हालसम्म पुरुषतर्फ समूह ‘ए’ र समूह ‘बी’ मा श्रीलङ्काका दुई टिम  ६÷६ अङ्कसहित शीर्षस्थानमा छन् । नेपालका दुवै टोली अङ्क तालिकाको तेस्रो स्थानमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप