कुस्तीमा नेपाललाई एक रजत र ३ वटा काँस्य

जनकपुर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको जनकपुरमा भएका विभिन्न ४ तौलको कुस्तीमा भारतले ४ स्वर्ण पदक जितेको छ । महिला तर्फ ५० केजीमा भारतकी शितलले पहिलो स्थान हासिल गरेर स्वर्ण पदक जितेकी छिन् । जसमा श्रिलंकाकी निरोसानीले रजत र नेपालकी मनिषाले कास्य पदक जितेकी छिन् ।
त्यस्तै महिला तर्फ ५३ केजी तौलमा भारतकी पिन्कीले स्वर्ण, नेपालकी सवांगीले रजत र श्रीलंकाकी समिकाले कास्य पदक जितेकी छिन् ।त्यस्तै पुरुष तर्फ ५७ केजी तौल तर्फ भारतका राहुलले स्वर्ण, श्रीलंकाका कथोरनगानाले रजत र नेपालका नरेश प्रसाद यादवले कास्य पदक जितेका छन् ।
त्यस्तै पुरुष तर्फ नै ६५ केजी तौलमा भारतका अमितले स्वर्ण, श्रीलंकाका चमाराले रजत र नेपालका सरोज यादवले कास्य पदक जितेका छन् । आज भएको खेलमा नेपालले एउटा रजत र तिनवटा कास्य पदक हासिल गरेका छ भने भारतले चारवटै स्वर्ण पदक जितेका छन् भने बांगलादेशले एउटा पनि पदक जितेको छैन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डमा तीव्र निराशा र छटपटाहट देखिन थाल्योः शंकर पोखरेल
-
जादरानले तोडे च्याम्पियन्स ट्रफीको कीर्तिमान
-
एसपिए कैलाली प्रिमियर लिग–३ को उपाधि भिमदत्तले जित्यो
-
एमसीसीसँगै रोकिएका परियोजना अघि बढाउनेबारे सरकारसँग चार विकल्प
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फाइनलमा चुक्यो नेपाल
-
मानवमा आत्मिक जागरण अपरिहार्य : प्रदेश प्रमुख भट्ट