बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

माधव नेपालले उद्घाटन गरेको कपिलवस्तु महोत्सवमा पूर्वराजा शाहको प्रवेश

शुक्रबार, २० मङ्सिर २०७६, १९ : ३०
शुक्रबार, २० मङ्सिर २०७६

बुटवल । नेकपाका नेता माधव कुमार नेपालले उद्घाटन गरेको महत्वसमा  पूर्वराज ज्ञानेन्द्र शाहले पनि प्रवेश गरेका छन् ।

पाँच नम्बर प्रदेशका  प्रदेशका विभिन्न जिल्लाको भ्रमण प्रश्चात आएका पूर्वराजा शाहले शुक्रबार कपिलवस्तुको गोरुसिंगेमा रहेको पशुपतीनाथ मन्दिरमा ३ बजे पुजाआजा गरेपछि ११ औँ कपिलवस्तु महोत्सवको अवलोकन गरेका हुन् । 

गोरुसिंगेमा पुगेर पशुपतिनाथ मन्दिरको पुजाआजापछि जितपुरवासी र आयोजक वाणगंगा वेलफेयर सोसाइटीको आग्रहमा उनी महोत्सवको अवलोकन गर्न पुगेका हुन् । कपिलवस्तु महोत्वसको विहीबार पूर्व प्रधानमन्त्री एवम् नेकपाका नेता माधव कुमार नेपालले उद्घाटन गरेका थिए ।

शाहको २०६४ साल पछी अहिले कपिलवस्तुमा भ्रमण भएको हो । भ्रमणलाई सफल पार्नको लागि जिल्ला स्तरीय समिती गठन गरि कार्यक्रमको तयारीलाई तिव्रता दिइएको शिव सेना नेपाल जनाएको छ ।  पूर्वराजाको स्वागत लागि  राप्रपा नेता कार्यकर्ता र सर्वसाधारणको व्यापक उपस्थिती रहेको थियो ।   पूर्वराजा रुपन्देहीको तिलोत्तमा रहेको रहेको टाईगर होटवलमा बसेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप