बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

वडाध्यक्षले पत्रकारमाथि आक्रमण गरेकोप्रति विभिन्न पत्रकार संगठनको भत्सर्ना

शुक्रबार, २० मङ्सिर २०७६, १८ : २९
शुक्रबार, २० मङ्सिर २०७६

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका कार्यसमिति सदस्य रामचन्द्र दुलाल, सदस्य सिबी खड्का (छक्कबहादु खड्का), पत्रकार प्रकाशचन्द्र दहाल लगायत केही सञ्चारकर्मीमाथि भएको आक्रमणको विभिन्न पत्रकार संगठनले भत्सर्ना गरेका छन् । 

स्थलगत रिपोर्टिङका क्रममा मंसिर १९ गते काठमाडौबाट काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ६ स्थित बुडवल पुगेका उनीहरुमाथि वडा अध्यक्ष सचिदानन्द केसीले गरेको आक्रमणप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 
मंसिर १२ गते दुई सन्तानकी आमा कविता कार्कीको रहस्यम निधन भएकाले हालसम्म दाहसंस्कार नगरिएको विषय बाहिरिएपछि वास्तविकता बुझ्नका लागि पत्रकारको टोली बनेपा पुगेको थियो । 

स्थलगत रिर्पोटिङका क्रममा बनेपा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष केसी लगायतको समुहले रिपोर्टिङमा संलग्न पत्रकारमाथि आक्रमण गरेका थिए । पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शन्तराम बिडारीले निर्घात कुटपिट गरिनु अत्यन्त खेदजनक घटना भएको बताएका छन् । 

‘जनप्रतिनिधिले प्रत्यक्ष आफैं संलग्न भई प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतालाई कुन्ठित गर्न अभिप्रायले पत्रकारहरुमाथि आक्रमणमा उत्रिनु निन्दनीय विषय हो । उक्त घटना स्थलमा पुगेर स्थलगत छायाँङ्कन गरिरहेका नेपाल पुकार अनलाई टिभीका पत्रकार प्रकाशचन्द्र दाहालमाथि हातपात गर्दै माइक खोस्ने, भिडियो खिच्न अवरोध गर्नुका साथै क्यामेरा पर्सन रशेमकुमार माथि आक्रमण गरि घाईते बनाउनुजस्तो गम्भिर अपराधको नेपाल पत्रकार महासंघ काठमाडौं शाखा घोर भत्सर्ना गर्दछ,’ बिडारीद्वारा विज्ञप्तिमा भनिएको छ ।  

पत्रकारहरुले रिपोर्टिङ गरिरहेको स्थानमा दलबलसहित आएका वडाअध्यक्ष केसीले ‘मेरो इलाकामा मेरो निर्देशन विना जे मनलाग्यो त्यही गर्ने’ भन्दै पत्रकारमाथि हातपात गरेको पत्रकार रामचन्द्र दुलालले जानकारी दिए । 
वडा अध्यक्ष केसीको आक्रमणबाट स्थलगत रिपोर्टिङका लागि घटनास्थलमा पुगेका महासंघ काठमाडांैं शाखाका कार्यसमिति सदस्य तथा राष्ट्रवाणी डट कम अनलाइनका सहसम्पादक रामचन्द्र दुलालको क्यामेरा खोसेर तोडफोड समेत गरिएको छ भने संकल्प खवर डटकमका अध्यक्ष एवं पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेताका प्रेस सल्लाहकार सीवी खड्कालाई गाली गलौज गर्दै दुव्र्यवहार भएको छ ।

पत्रकार महासंघ काठमाडौं शाखाले वडा अध्यक्ष केसीले जफत गरेको सञ्चार उपकरण तुरुन्त फिर्ता गर्न, घाइते पत्रकारको उपचार गर्न, आइन्दा यस्तो गल्ति नदोहो¥याउने प्रतिवद्धता सहित माफी माग्न र प्रेस स्वतन्त्रता तथा कानुनी राज्यको उच्च सम्मान गर्न माग गरेको छ । 

यसैबीच नेपाल प्रेस यूनियनका महासचिव अजयबावु शिवाकोटीले एक विज्ञप्ति जारी गर्दै सो घटनाले प्रेस युनियन स्तब्ध भएको बताउदै प्रेस स्वतन्त्रताको रक्षा गर्दै भयरहित वातावरणमा प्रेसलाई काम गर्न दिन माग गरेका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप