निजगढ विमानस्थलमा सर्वोच्चको तगारो: काम अघि नबढाउन आदेश
शुक्रबार, २० मङ्सिर २०७६, १७ : ०१
![निजगढ विमानस्थलमा सर्वोच्चको तगारो: काम अघि नबढाउन आदेश](https://rpcdn.ratopati.com/media/albums/sarbochha_uwxKx6vaWL.jpg)
काठमाडौँ– निर्माण प्रकृयामा रहेको बारा जिल्लास्थित दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया तत्कालका लागि अघि नबढ्ने भएको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले विमानस्थलको काम यथास्थितिमा राख्न आदेश दिएसँगै निर्माण प्रकिया अघि नबढ्ने भएको हो ।
पूर्वसचिव द्वारिकानाथ ढुंगेल, अधिवक्ता कृष्णप्रसाद भण्डारी र प्रभु बुढाथोकी लगायतले दायर गरेको रिटमा सुनुवाइ गर्दै मोक्तानको इजालसले आदेश दिएको हो ।
सर्वोच्च अदालतले छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । रिट निवेदकहरुले निवेदनको अन्तिम टुंगो नलागेसम्म विमानस्थल निर्माण कार्य अघि नबढाउनु भनी तत्काल अन्तरिम आदेशको माग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि मन्त्री श्रेष्ठलाई कार्यवाहक दिएर मुख्यमन्त्री लामा दुबई प्रस्थान
-
एउटा समूहले चोरेको मोबाइल अर्को समूहले लुट्न खोज्दा युवकको हत्या
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा
-
बागमती पुलको बिम चर्किएपछि मर्मत थालियो
-
आफ्नै चिपसेट बनाउँदै ओपनएआई
-
एलिनाको डिभोर्सपछि रचनाले भनिन्– आई लभ यु मेरी दिदी !