मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनयमा नआएको भए आर्मी हुन्थेँ– अभिनेता दिनेश केसी

शुक्रबार, २० मङ्सिर २०७६, १५ : १२
शुक्रबार, २० मङ्सिर २०७६

नियमित नेपाली फिल्म हेर्ने दर्शकका लागि दिनेश केसी नौलो नाम भने होइन । करिब दर्जन फिल्म अभिनय गरेका केसी चर्चामा भने त्यति छाउन सकेका छैनन् । मिडियामा चर्चामा रहनेभन्दा पनि काम कसरी राम्रो गर्नेतिर सधैँ आफ्नो ध्यान रहने गरेको केसी बताउँछन् ।

२०६७ मा प्रदर्शनमा आएको फिल्म ‘दानव’बाट नेपाली फिल्म अभिनयमा डेब्यु गरेका केसी नायक, खलनाक, बादशाह, झमेला, निसाना, राजा, सिसा, लाले लगायत फिल्मका हिरो पनि हुन् । केसीको अभिनयको अलवा नेपाली कला संस्कृति लिएर विश्व भ्रमण गर्ने यात्री पनि हुन् ।

केही वर्ष अगाडि यो यात्रा थालेका केसी अहिलेसम्म थाइलयान्ड, सिङ्गापुर, मलेसिया, दुबई, फ्रान्स, जर्मन, बेल्जियम, स्पेन, ब्राजिल, इटली, जापान, लन्डन, चीनलगायत मुलुक पुगिसकेका छन् । अन्य देशको यात्रा आगामी दिनमा तय गर्ने उनको सोच छ ।

नेपाली फिल्म अभिनय अगाडि केही टेलिचलचित्र, दर्जनभन्दा बढी म्युजिक भिडियोसमेत केसीले अभिनय गरेका छन् । पुगनपुग आधादर्जन र्याम्प सोको अनुभव भएका केसीलाई यस्तो छ रातोपाटीका दस प्रश्न ।

धेरै अग्रज अभिनयबाट जीवन चलाउन गाह्रो छ भन्ने गरेका छन् । तपाईंको बुझाइ कस्तो छ ?
पहिले गाह्रो थियो होला । तर अहिले समय फेरिएको छ । अभिनयमा निरन्तर लाग्नेले जीवन चलाएको मात्र होइन । सम्पत्ति पनि जोड्न सफल भएका छन् । निरन्तर मिहिनेतका साथ लाग्यो भने विकल्प खोज्नुपर्दैन ।

फिल्मको पहिलो आम्दानी ?
फिल्म ‘दानव’ अभिनयका लागि ५१ हजार पाएको थिएँ । उक्त पैसा फिल्म अभिनयकै लागि ड्रेस किनेर सिध्याएँ ।

फिल्मको हिरो, मेकअप र गेटअप धेरै मिहिनेत पर्छ होला हैन ?
त्यस्तो धेरै त होइन । गेटअफ, ड्रेसअपमा भने ध्यान दिने गरेको छु । अनुहारमा सामान्य क्रिम, कपालमा तेल र जेल कहिल्यै छुटाउदिनँ । ड्रेसअप पनि अरूभन्दा भिन्न गर्ने कोसिस सधैँ रहने गरेको छ । 

सपना ?
सपना एउटै छ । नेपाली फिल्म अभिनयमा सफल हिरो बनेर चर्चा कमाउने । मैले करिब दर्जन फिल्म अभिनय गरिसकेँ । तर चर्चा कमाउन सकेको छैन ।

अभिनय नरोजेको भए ?
मेरो आर्मी बन्ने पनि इच्छा थियो । सायद त्यसमा हुन्थेँ कि ।

कस्तो केटा ?
म एकदमै सिम्पल, फ्र्याङ्क र मिलनसार पनि छु । रिस छिट्टै उठ्दैन । रिस उठेपछि भने आँखा देख्दिनँ ।

मनपर्ने केटी ?
शारीरिक रूपमा भन्दा पनि बानी व्यहोरा राम्रो भएको, आफूलाई माया गर्ने, बुझ्ने, सिम्पल र सबैको इज्जत गर्न जान्ने केटी मनपर्छ ।

हिरोहरु धेरै केटी खेलाउँछन् भन्छन् नि, हो ?
खै, त्यो थाहा भएन । मेरो केटी फ्यान त धेरै छन् । तर कसैलाई नराम्रो नियितले अहिलेसम्म हेरेको छैन ।

मनपर्ने खाना ?
मम एकदमै मनपर्छ ।

रोजेको व्यक्तिसँग डेटको अवसर मिल्यो भने ?
अहिले अमेरिकामा रहेकी अभिनेत्री अरुणिमा लम्सालसँग जान चाहन्छु । किनभने उहाँको हरेक कुरा मलाई मनपर्छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप