बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

महिला क्रिकेटमा श्रीलङ्कासँग नेपाल पराजित, उपाधिका लागि बंगलादेश र श्रीलङ्का भिड्ने

शुक्रबार, २० मङ्सिर २०७६, १५ : ११
शुक्रबार, २० मङ्सिर २०७६

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा नेपाल उपाधि होडबाट बाहिरिएको छ । शुक्रबार पोखरामा भएको खेलमा श्रीलङ्कासँग पराजित हुँदै नेपाल उपाधि होडबाट बाहिरिएको हो ।
टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलङ्काले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११८ रन बनाएको थियो ।

११९ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा ७७ रनमात्र बनाउन सक्यो । नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक १९ रन बनाइन् । यस्तै, कविता कुँवरले १३, करुणा भण्डारीले १२ र अप्सरी बेगमले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

प्रतियोगिताको उपाधिका लागि अब बंगलादेश र श्रीलङ्का भिड्नेछन् । बंगलादेश अहिलेसम्म अपराजित छ भने श्रीलङ्काले तीनमध्ये दुई खेल जितेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप