बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

५ महिनापछि प्रचण्ड– देउवाबीच आधा घण्टा वार्ता : बूढानीलकण्ठमा के भयो कुराकानी ?

शुक्रबार, २० मङ्सिर २०७६, १५ : ०१
शुक्रबार, २० मङ्सिर २०७६

काठमाडौं । सत्तारुढ दल नेकपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच करिब ५ महिनापछि भेटवार्ता भएको छ ।

यसअघि असार १२ गते विहीबार प्रचण्ड र देउवाबीच ललितपुरको कुपन्डोलस्थित होटल समिटमा 'वान टू वान' भेटवार्ता भएको थियो । पार्टीमा कार्यकारी अध्यक्षको जिम्मेवारी पाएको १५ दिनपछि बिहीबार नै प्रचण्ड देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका हुन् ।

देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार विहीबार भेटवार्ता गर्न प्रचण्डले बुधबार साँझ फोन गरेको थिए । नेपाल प्रेस युनियन नवलपुर द्वारा स्थापित सूर्यभक्त–पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण कार्यक्रमका लागि देउवासँग कावासोतीमा रहेका भानुले भने, ‘बुधबार साँझ प्रचण्डज्यूले फोन गर्नुभयो । उहाँले भोलि बिहान म तपाईं कहाँ चिया खान आउँछु भन्ने भयो । अनि सभापति ज्यूले पनि हुन्छ, सँगै बसेर चिया पिउँला भन्ने भयो । त्यही अनुसार भेटघाट भएको हो ।’

*****

‘भेटवार्ताको सुरुमा प्रचण्डजीसँग सभापतिले प्रधानमन्त्रीजीको पछिल्लो स्वास्थ्य अवस्था कस्तो छ भनेर सोध्नु भएको थियो,’ देउवा–प्रचण्डको भनाइलाई उद्धृत गर्दै लेखकले भने, ‘प्रधानमन्त्रीको स्वास्थ्यमा तीव्र सुधार भइरहेको छ । प्रधानमन्त्रीजी उत्साहित हुनहुन्छ ।’

*****

उनका अनुसार प्रचण्डसँग भेटवार्ता तय भएपछि देउवाले उक्त भेटवार्तामा काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकलाई पनि बोलाएका थिए । देउवा र प्रचण्डबीच भएको भेटघाटमा लेखकबाहेकका नेताहरु थिएनन् ।

नेता लेखकले बिहीबार बिहान भएको देउवा र प्रचण्डबीच भेटलाई सत्ता र प्रतिपक्षका मुख्य नेताबीचको सामान्य शिष्टाचार भेटवार्ताका रुपमा अथ्र्याए । ‘प्रचण्डजीले पार्टीको कार्यकारी अध्यक्ष भएपछि प्रतिपक्षीसँगको सम्बन्ध बलियो बनाउन खोजेको देखियो । हिजोको भेटघाट कर्डसी भेटघाटजस्तो मात्र हो । राष्ट्रिय इस्युका विषयमा कुनै कुरा भएन ।’

लेखकका अनुसार भेटवर्ताको सुरुमा देउवाले प्रचण्डसँग प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जिज्ञासा राखेका थिए ।

‘भेटवार्ताको सुरुमा प्रचण्डजीसँग सभापतिले प्रधानमन्त्रीजीको पछिल्लो स्वास्थ्य अवस्था कस्तो छ भनेर सोध्नु भएको थियो,’ देउवा–प्रचण्डको भनाइलाई उद्धृत गर्दै लेखकले भने, ‘प्रधानमन्त्रीको स्वास्थ्यमा तीव्र सुधार भइरहेको छ । प्रधानमन्त्रीजी उत्साहित हुनहुन्छ ।’

राष्ट्रिय हितका विषयमा सबै दल एक हुनुपर्ने प्रचण्डको भनाइमा मिलेर गए आफूहरुको साथ रहने देउवाको प्रतिबद्धता थियो ।

‘हामी राष्ट्रहितका विपक्षमा कहिल्यै जाँदैनौँ । तर अहिले जुन ढङ्गले सरकारले विपक्षीलाई पेल्न जाने नीति लिएको छ । यस्तो हो भने हामीले पनि सोच्नुपर्ने हुन्छ । होइन तपाईंहरु मिलेर आउँ भन्नुहुन्छ । हाम्रो विमती रहँदैन,’ देउवाको भनाइ थियो ।

‘भेटमा संवैधानिक आयोग र सत्य निरुपण सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोगहरुमा पदपूर्तिबारे छलफल भयो कि ?,’ भन्ने रातोपाटीको प्रश्न नेता लेखकले उक्त विषयको प्रसङ्ग पनि नउठेको बताए । उनले फेरि भने, ‘उहाँहरुबीचको हिजोको भेटघाट कर्टसीका लागि मात्र थियो । तपाईँले भनेको विषय भेटको प्रसङ्गभन्दा बाहिरको कुरा हुन् । यसबारे केही कुराकानी भएन ।’

संवैधानिक आयोगहरुमा पदपूर्तिका लागि सरकारले ल्याउन लागेको अध्यादेशप्रति काँग्रेस आपत्ति जनाउँदै आएको छ । प्रमुख राजनीतिक दलका नेताहरुबीच सहमति जुट्न नसक्दा सत्य निरुपण सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोगहरुले पदाधिकारी पाउन सकेका छैनन् ।

लेखकले भने, ‘प्रचण्डजी बूढानीलकण्ठमा करिब आधा घण्टा मात्र बस्नु भएको हो । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था र प्रचण्डजीलाई कार्यकारी अध्यक्ष भएकोमा बधाइ दिने कुरामा वार्ता टुंगिएको हो । अनावश्यक शंका वा अनुमानका भरमा मिडियामा समाचार आइरहेका छन् ।’

सुदूरपश्चिम प्रदेश सरकारको वित्त सम्मेलनमा सहभागी हुन धनगढी जाने तायरीमा रहेको पनि दाहालले देउवाई सुनाएका थिए । देउवाले प्रचण्डलाई शुभयात्राको कामनासमेत गरेका थिए ।

कार्यकारी अध्यक्षको पाएपछि प्रचण्डले आन्तरिक तथा बाह्य भेटघाट र देश दौडाहालाई तीव्रता दिएका छन् । सोही अनुसार प्रचण्ड देउवा कहाँ भेटन पुगेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप