शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फ्राइडे रिलिज: ‘माछा माछा’ भर्सेस ‘माया पिरिम’

शुक्रबार, २० मङ्सिर २०७६, १४ : ४६
शुक्रबार, २० मङ्सिर २०७६

काठमाडौं । आज शुक्रबारबाट दुई फिल्म ‘माछा माछा’ र ‘माया मिरिम‘ प्रदर्शनमा आएका छन् । फरक जनरामा निर्माण भएका दुबै फिल्म देशभर एकसाथ प्रदर्शनमा आएका हुन् ।

‘माछा माछा’
सुनिल गुरुङको निर्देशन रहेको ‘माछा माछा’ अपराधको कथामा निर्माण भएको फिल्म हो । सौगात मल्ल, विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, नम्रता श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको फिल्मका निर्माता रामबाबु गुरुङ र दयाहाङ राई हुन् ।

सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्ममा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रविन सिंहको कोरियोग्राफी छ । फिल्ममा दयाहाङ अतिथि भूमिकामा छन् ।

‘माया पिरिम’

‘माया पिरिम’ अभिनेता कोशिश क्षेत्री र अभिनेत्री किरण चन्दको मुख्य भूमिका रहेको फिल्म हो । प्रविन थापा र सविन अधिकारी निर्माता र मोहन मरासैनी र युवराज दाहाल सह निर्माता रहेको फिल्ममा विशाल पहारी, कालु राना, जयनन्द लामा, अर्जुन गुरुङ लगायतको अभिनय रहेको छ । फिल्म टेक पौरखी राइले निर्देशन गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप