एथ्लेटिक्समा गोपीले दिलाए नेपाललाई स्वर्ण
शुक्रबार, २० मङ्सिर २०७६, १३ : ५१
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सको ५ हजार मिटर दौडमा नेपालका गोपीचन्द्र पार्कीले स्वर्ण जितेका छन् । ५ हजार मिटर पुरुषमा यो नेपालको पहिलो स्वर्ण हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको एथेलेक्टिस ट्र्याकमा भएको दौडमा गोपीले निर्धारित ५ हजार मिटर १४ मिनेट ५४।२० सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् ।
योसँगै नेपालको स्वर्ण पदक संख्या ३७ पुगेको छ । यस स्पर्धामा नेपालकै हरिकुमार रिमालले काँस्य जिते । रिमालले १४ मिनेट ५७.०५ सेकेन्डमा दौड पूरा गरे । भारतका सुनिल दवारले १४ मिनेट ५५.२१ सेकेन्डको समयसहित रजत जिते । योसहित नेपालले ३९ स्वर्ण पदक प्राप्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी
-
साँगा–धुलिखेल सडक : पुरानै स्थानमा ढल निर्माणले समस्या निम्तिने
-
वर्तमान सत्ता गठबन्धन माघ कट्दैन : गगन थापा
-
एमाले प्रतिनिधि परिषद्को बैठक : यस्ता छन् ६ प्रतिवेदन (पूर्णपाठ)
-
राप्रपामाथि ओलीको व्यङ्ग्य : विचार नभएको दक्षिणपन्थी शक्ति वैकल्पिक शक्ति हुन सक्दैन
-
‘दिनभरि टेबुलमा बसेर काम गर्यो, एक्सरसाइज छैन, हड्डी कमजोर हुने नै भयो’