पहिलो बिग मर्जर : ग्लोबल आईएमई बन्यो नेपालकै सबैभन्दा ठूलो बैङ्क (फोटो)
काठमाडौँ । नेपाल सरकार र राष्ट्र बैङ्कको नीति अनुरुप बिग मर्जर हुने पहिलो बैङ्क ग्लोबल आईएमई बैङ्क बनेको छ । ‘क’ वर्गको दुई वाणिज्य बैङ्क ग्लोबल आईएमई बैङ्क र जनता बैङ्क एकआपसमा मर्जर भएका हुन् । शुक्रबार राजधानीमा एक समारोहको आयोजना गर्दै बैङ्कले एकीकृत कारोबार शुरु भएको घोषणा गरेको छ ।
अर्थमन्त्री डा.युवराज खतिवडाले पहिलो बिग मर्जरको रुपमा ग्लोबल आईएमई बैङ्कको एकिकृत कारोबार औपचारीक रुपमा उद्घाटन गरेका छन् । मर्जर पछि ग्लोबल आईएमई नेपालको सबैभन्दा ठूलो बैङ्क समेत बनेको छ । मर्जरपछि बैङ्कको चुक्तापुँजी २० अर्ब माथि पुगेको छ ।
यसअघि रहेको बैङ्कको चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख १६ हजार र जनता बैङ्कको चुक्तापूँजी ८ अर्ब ७ लाख ८५ हजार ८ सय रुपैयाँ मर्जरसँगै एकिकृत कारोबार पश्चात वृहत पुँजी संकलन भएको हो ।
चुक्तापुँजीका आधारमा मात्रै नभइ ग्लोबल बैङ्क निक्षेप संकलन र कर्जा प्रवाहमा समेत सबैभन्दा ठूलो वित्तीय कम्पनी बनेको छ । मर्जरपछि ग्लोबल आइएमइ बैङ्कको कूल निक्षेपको अकार २ खर्ब १० अर्ब र कर्जा लगानी २ खर्ब रुपैयाँ पुगेको छ । हाल अरु सबै वाणिज्य बैङ्कको संकलित निक्षेप र प्रवाहित कर्जाको आकार २ खर्बभन्दा मुनि छ ।
मर्जर पछि बैङ्कको शाखा कार्यालय ३०० माथि पुगेको छ भने, बैङ्कका एटीएम २ सय ५६, शाखारहित बैंकिङ सेवा २ सय ४१, ३३ एक्सटेन्सन र बैङ्कका कर्मचारी ३ हजार २ सय ५० भन्दा बढी पुगेको । र बैङ्कको सेयर सदस्य तीन लाख माथि रहेको बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकाले जाकारी दिएका छन् । साथै मर्जर पश्चात ग्लोबल आईएमई बैङ्कको सेवाग्राही(ग्राहक) संख्या २० लाख माथि पुगेको समेत कार्यक्रम मार्फत बैङ्कले जानकारी गराएको छ ।
राष्ट्र बैङ्कको नीति अनुरुप ग्लोबल र जनता बैङ्कबीच मर्जरका लागि गत असार २० गते सहमतिपत्र(एमओयु)मा हस्ताक्षर भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची
-
दार्चुला दुर्घटना अपडेट : सात जनाको मृत्यु, छ जना गम्भीर
-
आज ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात हुँदै
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
बेलायतमा पनि ऐतिहासिक सफलता रच्दै ‘पूर्णबहादुरको सारङ्गी’
-
कात्तिक नाच : रातभर 'नृसिंह अवतार–हिरण्यकश्यपु वध' मञ्चन (तस्बिरहरू)