केन्द्रीय संस्करण

चराको सहायताले मह खोज्ने जनावर

person explore access_timeमंसिर २०, २०७६ chat_bubble_outline0

 

अफ्रिका र एशियामा एउटा यस्तो जनावर पाइन्छ, जसले चराको मद्दतले मह खोजेर खान्छ । यसको बदलामा यस जनावरले चरालाई महको मैन दिन्छ । यो जनावरको नाम हो– हनी बाडगर (Honey badger) । यसलाई राटेल्स (Ratels)  पनि भन्ने गरिन्छ ।

यो जनावरको लागि एक जातिको चराले मह खोजिदिने काम गर्छ । जब त्यो चराले कतै मौरी वा अन्य त्यस्तै मह पार्ने कीराको घार वा गुँड फेला पार्छ, त्यसले विशेष आवाज गरेर यो जनावरलार्य डाक्ने गर्छ । यसरी उक्त चराले यो जनावरलाई मह भएको ठाउँसम्म डाकेर ल्याइपुर्‍याउँछ । त्यसपछि यो जनावरले महको चाका भत्काएर मह खान्छ र चराको लागि चाहिँ मैन छोडिदिन्छ । मह खाने यो जनावरको शरीरमा बाक्लो भुत्ला हुन्छ तर यसको टाउकोमा भने यसै परिवारका अन्य जनावरहरुको जस्तो सेतो पट्टी चाहिँ हुँदैन । यो जनावर आक्रामक र ह्रिसंक हुन्छ । यसले आफ्नो बचावको लागि पुच्छरमुनि हुने एउटा विशेष ग्रन्थीबाट नराम्रो दुर्गन्ध छाडेर आक्रमणकारीहरुलाई भगाउने गर्छ ।

Title Photo: https://www.kentonline.co.uk

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.