आर्सनललाई घरमै ब्राइटनको नमिठो धक्का
इङ्लिस प्रिमियर लिग फुटबलको चर्चित टोली आर्सनललाई घरमै ब्राइटनको नमिठो धक्का लागेको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा आर्सनल घरेलु ब्राइटनसँग २–१ गोलले पराजित भयो ।
आर्सनलको पछिल्ला पाँच खेलमा आर्सनलले जित निकाल्न सकेको छैन । पाँच खेलमा आर्सनलले तीन हार र दुई बराबरी खेपेको छ । ब्राइटनको जितमा एडम वेब्सटर र निल मोउपेले गोल गरे । आर्सनलका अलेक्सान्ड्रे लाकाजेट्टीले एक गोल फर्काएका थिए । एडमले ३६औं मिनेटमा गोल गर्दै ब्राइटनलाई अग्रता दिलाए । ५०औं मिनेटमा लाकाजेट्टीले मेसुट ओजिलको पासमा गोलगर्दै खेललाई बराबरीमा ल्याए ।
८०औं मिनेटमा निल मोउपेले गोल गर्दै ब्राइटनलाई जिताएका थिए । हारसँगै आर्सनल १०औं स्थानमा छ । आर्सनलले १५ खेलबाट १९ अंक बनाएको छ । १३औं स्थमानमा रहेको ब्राइटनको १८ अंक छ ।
अर्काे खेलमा न्यु क्यासल युनाइटेडले सेफिल्ड युनाइटेडलाई २–० गोलले हरायो । न्यु क्यासलका एलन सेन्ट म्याक्सिमिन १५औं र जोन्जो सेल्भेले ७०औं मिनेटमा गोल गरे । जितसँगै १९ अंक बनाएको न्यु क्यासल ११औं स्थानमा छ । १९ अंक बनाएको सेफिल्ड नवौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने