शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

के हो युएसबी कण्डम, यसको प्रयोग किन र कतिबेला ?

शुक्रबार, २० मङ्सिर २०७६, ०८ : ०१
शुक्रबार, २० मङ्सिर २०७६

हिँड्दा– डुल्दा, सुत्दा– उठ्दा हामी तारन्तार मोबाइल प्रयोग गर्छौं । आज मोबाइलबाट हाम्रो जीवन चलिरहेको छ र मोबाइल ब्याट्रिबाट ।

जब मोबाइलको ब्याट्री सिद्धिन्छ तब यस्तो लाग्छ कि जीवन रोकिएको छ ।

मोबाइलको बढ्दो प्रयोगका कारण मोबाइल चार्जिङको सुविधाका लागि विभिन्न स्थानमा युएसबी पोर्ट राखिएका हुन्छन् ।

तपाईं यसमा आफ्नो मोबाइल जोड्नुहुन्छ र चार्ज गर्न थाल्नुहुन्छ तर के तपाईंले कहिले सोच्नु भएको छ, यो कति सुरक्षित छ ?

जूस ज्याकिङः

मोबाइल चार्जर बोक्नु नपर्ने झन्झट र फाइदाजनक लाग्ने यो यूएबी पोर्ट हाम्रो गोपनियताका लागि कति ठूलो खतरा हो भनेर तपाईंले कहिले सोच्नुभएको छ ?

सार्वजनिक स्थानमा ठूलो परिमाणमा उपलब्ध हुने यूएसबी पोर्टको प्रयोगमार्फत् साइबर अपराधीले हाम्रो सबैभन्दा संवेदनशील डाटा चोर्नका लागि प्रयोग गर्न सक्छन् ।

यसबाट बच्नका लागि बजारमा कथित यूएसबी डाटा ब्लकर्स ल्याइएका छन् जसलाई ‘युएसबी कण्डम’ को नाम दिइएको छ ।

यो ‘कण्डम’ वास्तविक कण्डम झैं लेटेक्सको हुँदैन तर यसले तपाईंलाई समान रुपमा सुरक्षा प्रदान गर्छ । यसले तपाईंलाई ‘जूस ज्याकिङ’ बाट बचाउँछ ।

‘जूस ज्याकिङ एक प्रकारको साइबर अट्याक हो जसमा सार्वजनिक यूएसबी पोर्टमार्फत् तपाईंको मोबाइललाई संक्रमित गरिन्छ र तपाईंको मोबाइलमा मालवेयर इन्स्टल गरिन्छ । यसले तपाईंको नीजि जानकारीलाई साइबर अपराधीसम्म पुर्याउन सक्षम हुन्छन् ।

यसबारे नोभेम्बरको सुरुवाती हप्तामा ल्यूक सिसकले चेतावनी दिएका थिए । ल्यूक अमेरिकामा लस एन्जिल्स काउन्टीका अभियोजकको कार्यालयमा सहायक छन् ।

‘यूएसबी कण्डम’ सानो यूएसबी एडेप्टर जस्तै हुन्छ जसमा इनपुट र आउटपुट पोर्ट हुन्छ । यो एडप्टर मोबाइललाई पावर सप्लाइ गर्छ तर डाटा आदानप्रदानलाई पूर्ण रुपमा रोकिदिन्छ ।

कति छ मूल्य ?

‘यूएसबी कण्डम’ अमेरिकी बजारमा १० डलरमा उपलब्ध छ र यदि सानो हुन्छ कि यसलाई जता पनि लैजान सकिन्छ ।

भारतमो यो पाँच सयदेखि हजार रुपैयाँमा अनलाइनमा उपलब्ध छ तर नेपालमा भने यसको उपलब्धताबारे खासै जानकारी छैन ।

 ल्यूकका अनुसार यस्तो प्रकारको साइबर हमलाको परिणाम ‘विनाशकारी’ हुनसक्छ ।

उनी चेतावनी दिँदै भन्छन्, ‘एउटा निःशुल्क ब्याट्रि चार्जिङले तपाईंको बैंक खातालाई खाली गर्न सक्छ । यदि साइबर अपराधीले मालवेयर इन्स्टल गरिदिन्छ भने यसले तपाईंको फोन ब्लक हुनसक्छ र पासपोर्ट र घरको ठेगानाजस्ता संवेदनशील जानकारी चोर्न सक्छन् ।’

आइबीएमको साइबर सेक्युरिटी रिपोर्टका अनुसार ‘मालवेयर कम्प्युटिङ पावरलाई हाइज्याक गर्न सक्छ र तपाईंको मोबाइलले ढिला काम गर्न थाल्छ ।’

रिपोर्टमा संवेदनशील डाटा चोरी हुने खतराबारे पनि कुरा गरिएको छ । साइबर विशेषज्ञ पनि मानिसहरुलाई ‘यूएसबी कण्डम’ को प्रयोग गर्न सल्लाह दिन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप