प्रश्नपत्र ‘आउट’ गरेर क्याम्पस प्रमुख र सीईओका छोराछोरीलाई परीक्षा
गण्डकी मेडिकल कलेजमा एमबीबीएस पहिलो वर्षको परीक्षाको प्रश्नपत्र आउट गर्दै क्याम्पस प्रमुख र सीईओका छोराछोरी र भाइभतिजा गरी ५ जनालाई परीक्षामा सामेल गरेको भन्दै आन्दोलनरत विद्यार्थीले विरोध गरेका छन् ।
प्रश्नपत्र बाहिरिएसँगै विद्यार्थी र कलेज सञ्चालकबीच भएको विवादले तनावको स्थिति निम्त्याएको आन्दोलनरत विद्यार्थीले जनाएका छन् ।
त्रिभुवन विश्वविद्यालय चिकित्का शास्त्र अध्ययन संस्थान (आईओएम)बाट सम्बन्धन लिएका कलेजमा बुधबारदेखि पहिलो वर्षको वार्षिक परीक्षा शुरु भएको छ । उक्त कलेजमा पहिलो वर्षमा ९५ जना विद्यार्थी अध्ययनरत रहेकामा कलेज सञ्चालक र सीईओका छोराछोरीलाई सहभागी गराएर परीक्षा सुचारु गरिएको छ ।
परीक्षाको तालिका बिहान १० देखि २ बजेसम्म रहेको छ । प्रश्नपत्र बाहिरिनुमा कलेज सञ्चालकको हात रहेको विद्यार्थीहरुको दाबी रहेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा भगवती तिमल्सिनाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
मुख्यमन्त्री कँडेलले बुझाए अर्थमन्त्री र ऊर्जामन्त्रीलाई ध्यानाकर्षण पत्र
-
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु