सागमा नेपाली चेली छाएको दिन
काठमाडौं । जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) मा बिहिबार नेपालले सात स्वर्ण जित्यो । बिहिबार नेपाललाई स्वर्ण जिताउने मुख्य काम नेपालका महिला खेलाडीले गरे । सागको पाँचौ दिन नेपाली खेलीले पाँच स्वर्ण जिते । अझ महिला खेलाडीको स्वर्ण ऐतिहासिक बन्यो ।
पौडीको दुई सय मिटर फ्रिस्टाइलमा गौरिका सिंहले साग पौडीमै नेपाललाई पहिलो स्वर्ण दिलाइन् । भारोत्तोलनमा सञ्जु चौधरी खेलमै पहिलो स्वर्ण जित्ने महिला बनिन् । उसुमा निमा घर्तीमगर सागमा लगातार दुई स्वर्ण जित्ने महिला खेलाडी बनिन् । उनले भारतमा भएको १२औं सागमा पनि स्वर्ण जितेकी थिइन् । यसैगरी उसुमै जुनी राईले व्यक्तिगत पहिलो स्वर्ण हात पारिन् ।
साइक्लिङको क्रस कन्ट्रीमा लक्ष्मी मगरले ब्यक्तिगत पहिलो स्वर्ण जितिन् । यसैगरी फुटबलमा सावित्रा भण्डारीले नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको किर्तिमान रचिन् । माल्दिभ्सविरुद्ध ह्याट्रिक पूरा गरेकी सावित्राले कूल ३८ गोलको किर्तिमान बनाइन् । यसअघि उनी अनु लामासँगै ३५ गोलको किर्तिमानमा बराबरीको अवस्थामा थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा