बुरुण्डीमा भीषण पहिरो, ३८ जनाको मृत्यु
बिहीबार, १९ मङ्सिर २०७६, २३ : ०४
बुजुम्बुरा । बुरुण्डीमा आएको पहिरोमा परी कम्तीमा ३८ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने सिबीटोक प्रान्तमा पहिरोका कारण ती मानिसको मृत्यु भएको हो । अत्यधिक बर्षापछि बुधबार ठूलो पहिरो आएको स्थानीयले जनाएका छन् ।
पहिरोका कारण तीन ठाउँमा मृत्यु भएकाहरुको जोडेर ३८ पुगेको सार्वजनिक सुरक्षा मन्त्रालयका प्रवक्ता पिरे कुरिकियले पत्रकार सम्मेलनमा बताए । उनका अनुसार न्युम्पुँदुबाट २२, गिकोमेरोबाट तीन र रुकोम्बेबाट १३ मृत शरीरलाई पहिरोबाट झिकिएको छ ।
बिहीबार दिउसो ४ बजेतिर आएको अत्यधिक बर्षा र पहिरोका कारण थप केही घरहरुमा क्षति पुगेको अधिकारीहरुले जनाएका छन् । कुरिकियेले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने बताउँदै घटनाबारेमा अनुसन्धान भइरहेको जानकारी दिए । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज !
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल
-
महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि
-
मन्त्री तामाङलाई किरातीले बुझाए ‘३ ढोकाको ९ चाबी’
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’