बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

१२ वर्षमै डुआनाले जितिन् रजत

बिहीबार, १९ मङ्सिर २०७६, २२ : ५४
बिहीबार, १९ मङ्सिर २०७६

काठमाडौं ।  १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पौडीमा १२  वर्षीया डुआना लामाले रजत पदक जितेकी छिन् । सातदोवाटो स्थित हिटिङ सिस्टमको पौडी पोखरीमा बिहिबार भएको महिला दुई सय मिटर ब्रेस्टस्ट्रोकमा निर्धारित दुरी दुई मिनेट ४४.६८ सेकेन्डमा पार गरिन् ।  यसअघि डुआनाले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान समेत तोडेकी छन् ।

उनले आठौं राष्ट्रिय खेलकुदमा बनाएको दुई मिनेट ५५.०९ सेकेन्डको कीर्तिमान दुई मिनेट ४८.५७ सेकेन्डमा पूरा गर्दै फाइनलमा स्थान बनाएकी हुन् । इस स्पर्धामा स्वर्ण जितेकी भारतकी अपेक्षा फर्नान्डेसले दुई घन्टा ३८.०५ सेकेन्डमा निर्धारित दुरी पूरा गरिन् ।

                               

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप