बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल–भारत उद्योग बाणिज्य संघको अध्यक्षमा राणा

बिहीबार, १९ मङ्सिर २०७६, २२ : १६
बिहीबार, १९ मङ्सिर २०७६

काठमाडौं । नेपाल–भारत उद्योग बाणिज्य संघ(नीसी) को नयाँ नेतृत्वमा सृजना राणा निर्वाचित भएकी छिन् । बिहिबार सम्पन्न संघको २५औं साधारणसभाबाट राणा सर्वसमत अध्यक्षमा निर्वाचित भएकी हुन् । उनीसँगै संघको अन्य पदाधिकारीहरु समेत सर्वसमत निर्वाचित भएका छन् ।

साधारण सभाबाट संघको कार्यसमिति सदस्यहरुमा व्यवसायी अभिमन्यू पोड्डार, आनन्द बगारिया, ज्ञानेन्द्रलाल प्रधान, हेमराज ढकाल, आरबि रौनियार, सन्दिपकुमार अग्रवाल, सैवाल घोष, सुधीर मित्तल र सुनिल केसी निर्विरोध निर्वाचित भएका छन् । संघको विधानअनुसार कार्यसमिति बैंठकले संघको पदाधिकारी चयन गर्नुका साथै तीन जना सदस्यहरुको मनोनयन अध्यक्षले गर्ने व्यवस्था रहेको छ । सो कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ । 

अर्थमन्त्री डा.युवराज खतिवडाको प्रमुख आथित्यमा सम्पन्न साधारण सभामा नेपालका लागि भारतका राजदूत मन्जीव सिंह पुरी, नेपाल वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, लगाए विशिष्ट व्यक्तित्वहरुको उपस्थिती रहेको थियो भने संघको निवर्तमान अध्यक्ष सौर्य शम्शेर जबराले सभाको सभापतित्व गरेका थिए ।

सभालाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले नेपाल र भारतबीच आर्थिक सामाजिक, राजनीतिक र एतिहासिक सम्बन्ध रहेको बताउदै दुई देशको आर्थिक तथा व्यापारिक क्षेत्रमा मिलेर जानु पर्ने धारणा व्यक्त गरे । दुई देशबीचको सामरिक, व्यापारिक तथा सहज लगानीको वातावरणका लागि नेपाल–भारत उद्योग संघले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनले बताए ।

‘नेपाल–भारत अन्योस्यास्रीत सम्बन्ध रहेको छ । धेरै पहिले देखि यी दुई देशबीच आपसी सद्भाव, व्यापार व्यवसाय र रोटी बेटीको सम्बन्ध छ ।’ मन्त्री खतिवडाले भने, ‘संघको माध्यमबाट यो संबन्ध अझ प्रगाढ बन्ने छ । दुई देशबीच सकारात्म व्यापारीक वातावरण बन्ने छ भने, देशमा प्रयाप्त लगानीहरु भित्र्याउन संघले सकारात्मक भूमिका खेल्ने अपेक्षा गरेको छु ।’ सोही अवसरमा खतिवडाले देशमा लगानीको वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको बताउदै, शान्ति सुरक्षा र पूर्ण ग्यारेन्टीको प्रत्याभूत गराउने समेत प्रतिवद्धता जनाए ।

यता, भारतीय राजदूत मन्जीभसिंह पुरीले नेपाल व्यापारिक बजार मात्र नभएर आर्थिक सामाजिक, सांस्कृतिक र परस्पर सम्बन्धको एक मित्रराष्ट्र रहेको बताए । एक छिमेकी राष्ट्रको रुपमा सबै कुराले नेपाल–भारत सम्बन्ध स्थापित गरेको उनले बताए ।

यसै अवसरमा उनले नेपाल–भारत पेट्रोलियम पाइपलाइनको सफल प्रयोग भएकाले यस्तो सम्बन्ध भारत नेपालसँग निरन्तर गर्न चाहेको बताए । सोही अवसरलाई सदुपयोग गर्दै पुरीले केपी शर्मा ओली सरकारको ‘संवृद्ध नेपाल सुखी नेपाली’ को परिकल्पना सफलताको कामना गर्दै नेपाललाई सकेको सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । नेपाल–भारत रेल मार्ग तथा जलमार्गले समेत दुई देशीय सम्बन्धलाई थप उचाई दिने उनको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप