अपडेटः भारतले जित्यो ६२ स्वर्णसहित कूल १२४ पदक, अरु देशले कति जिते ? (तालिका हेर्नुहोस्)
काठमाडौँ । १३ औंँ सागमा भारतले अग्रता कायमै राखेको छ । बिहीबार भारतले स्वर्ण पदक संख्या ६२ पुर्याएको छ ।
बिहीबार सार्वजनिक अन्तिम पदक तालिकाअनुसार भारतले नेपालले भन्दा २६ वटा बढी स्वर्ण पदक जितको हो । नेपालले ३६ स्वर्ण पदक जितेको छ ।
भारतले ४१ रजत र २१ कांस्य जित्दै कूल पदक १२४ वटा पाएको छ भने नेपाल २७ रजत र ३८ कांस्य गरी कूल १०१ पदक जित्दै दोस्रो स्थानमा छ ।
१७ स्वर्ण, ३५ रजत र ५५ कांस्य जित्दै तेस्रो स्थानमा रहेको श्रीलंकको कूल पदक १०७ वटा रहेको छ भने पाकिस्तान १५ स्वर्ण, २३ रजत र २४ कांस्यसहित कूल ६२ पदक जितेर चौथो स्थानमा रहेको छ ।
बंगलादेश र माल्दिभ्स क्रमशः ४ र १ स्वर्ण जित्दै पाँचौ र छैटौँ स्थानमा रहेका छन् । जसमा बंगलादेशले ११ रजत र ४५ कांस्य पनि जितेको छ । यस्तै माल्दिभ्सले पनि थप स्वर्णसहित २ कांस्य जितेको छ । यता भुटानले भने मात्र ६ कांस्य पदकमात्रै जितेको छ । खेल मंसिर २४ सम्म जारी रहेनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमसीसीसँगै रोकिएका परियोजना अघि बढाउनेबारे सरकारसँग चार विकल्प
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फाइनलमा चुक्यो नेपाल
-
मानवमा आत्मिक जागरण अपरिहार्य : प्रदेश प्रमुख भट्ट
-
नेपालविरुद्ध म्यानमारको २–० को अग्रता
-
तस्बिरमा हेर्नुहोस् नेपाल र म्यानमारबिचको खेल
-
अध्यादेश अघि नबढेपछि एमालेले बोलायो सचिवालय बैठक