न्यायाधीश नियुक्त प्रक्रियामा बारको ध्यानाकर्षण

काठमाडौं । नेपाल बार एशोसिएशनले न्याय परिषद् र न्यायपालिकाको गरिमा घटाउने गरी न्याय परिषद्का सदस्यलाई न्यायाधीश नियुक्त नगर्न माग गरेको छ ।
बारका महासचिव लीलामणि पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “न्याय परिषद् र न्यायपालिकाको गरिमा थप घटाउने गरी न्याय परिषद्को सदस्यलाई न्यायाधीश नियुक्त गर्ने गलत पद्धति नबसालियोस् ।”
न्याय परिषद्को सम्मान र मर्यादा कायम राखी जनआस्थामा अभिवृद्धि गर्ने कुरामा परिषद्का सदस्य जिम्मेवार र जवाफदेही हुनुपर्नेमा आफैँ सर्वोच्चको न्यायाधीश बन्न कोसिस गरिराखेकोप्रति बारले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
नेपालको संविधानको धारा १५३ बमोजिम गठित न्यायपरिषद्को काम कर्तव्य र अधिकार संविधान र न्यायापरिषद् ऐन २०७३ बमोजिम हुनुपर्ने र परिषद्का सदस्यले न्यायपालिकाको स्वतन्त्र, स्वच्छता र गरिमा कायम स्वयं जानकारी हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिलाले निरन्तर हाँक्दै सामुदायिक वन
-
ला लिगामा रियाल मड्रिड विजयी, बार्सिलोनासँग अंंक बराबर
-
प्रिमियर लिग : चेल्सी विजयी हुँदा आर्सनल र म्यान्चेस्टर युनाइटेडको पर्यो टक्कर
-
रातोपाटी ब्रिफिङ : पूर्वराजाको स्वागतमा समर्थकको लावालस्करदेखि कुलमानले बुझाए स्पष्टीकरणसम्म
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
-
जनप्रगतिशील मञ्च इजरायल : जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन