कलंकी–कोटेश्वर–जगातीसम्मको सडकमा दुई दिन ५ घण्टा सवारी साधन रोकिने
बिहीबार, १९ मङ्सिर २०७६, १९ : ३४
काठमाडौं । शुक्रबार र शनिबार कलंकी–कोटेश्वर–जगातीसम्मको मुख्य लेनमा पाँच घन्टा सवारीसाधन रोकिने भएका छन् । सञ्चालनमा रोक लगाउने भएको छ । १३औं दक्षिण एसियाली खेलकुदमा दुई दिन उक्त सडक खण्डमा साइक्लिङ हुँने भएकोले ट्राफिक प्रहरीले सो सडकखण्ड ५ घण्टा बन्द गर्ने भएको हो ।
ट्राफिक प्रहरीका अनुसार सडकको मुख्य लेनको दायाँबायाँको सर्भिस लेनमा भने सवारी चलाउन सकिने जनाइएको छ । ट्राफिक प्रहरीका अनुसार बिहान ११ देखि ४ बजेसम्म उक्त सडकखण्डको मुख्य लेनमा सवारी चलाउन बन्द गरिनेछ ।
कोटेश्वर, जगाती, जडीबुटी चोक, पेप्सीकोला हुँदै पुरानो ठिमी, ब्यासी, कमलविनायक, च्याम्हासिंह हुँदै जानुपर्ने ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा