शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तीन नम्बर प्रदेश सरकार र तिब्बत जनसरकारबीच सहकार्य हुने

बिहीबार, १९ मङ्सिर २०७६, १९ : ०८
बिहीबार, १९ मङ्सिर २०७६

हेटौंडा ।  तीन नम्बर प्रदेश सरकार र चीनको स्वशासित क्षेत्र तिब्बत जनसरकारबीच सहकार्य हुने भएको छ ।  बिहीबार मुख्यमन्त्री डोरमणि पौडेल र चीनको स्वशासित क्षेत्र तिब्बत जनसरकारका अध्यक्ष छिटालाबीच तीन नम्बर प्रदेश र तिब्बतबीच सहकार्य गर्ने बिषयका बारेमा छलफल भएको हो । 

काठमाडौंमा भएको शिष्टाचार भेटवार्तामा मुख्यमन्त्री पौडेलले तिब्बतमा भएका बिकास निर्माण कार्यहरु नेपालका लागि पनि अवसर भएको बताएका छन् । चीनसँग नेपालको सिमाना जोडिएकोले त्यहाँको विकासबाट पनि नेपालले फाईदा लिन सक्ने उनको भनाई थियो ।

नेपाल तथा चीनबीच सम्पन्न बीआरआई अन्तर्गत सहयोग सम्बन्धी समझदारीको कार्यान्वयनमा तीब्रता दिन हिमालय वारपार बहुआयामिक सञ्जाल अन्तर्गत सडक, रेलमार्ग, हवाई यातायात, बन्दरगाह, तथा सञ्चार क्षेत्रमा भएको बिभिन्न समझदारीको उनले प्रशंसा गरेका थिए । रसुवागढि–स्याफ्रुबेसी सडकको स्तरोन्नती कार्य सुरु भएकोमा खुशी ब्यक्त गर्दै मुख्यमन्त्री पौडेलले केरुङ–काठमाण्डौ रेलमार्ग, एबम् रसुवागढी–काठमाडौं सुरुङ मार्ग सम्भाब्यता अध्ययन समझदारी भएको खुशी ब्यक्त गरे । 

भेटवार्तामा तिब्बत जनसरकारका अध्यक्ष छिटालाले नेपालमा कृषि, पर्यटन, जलबिद्युत, सडकका क्षेत्रमा सहकार्य गर्न ईच्छुक रहेको बताएका छन् । नेपाल र तिब्बतबीच पुरानो सम्बन्ध रहेको बताउँदै उनले सहकार्य गर्ने बिश्वास दिलाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप