शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हराएका ३३ मोबाइल फेला पारी प्रहरीले सम्बन्धितलाई बुझायो

बिहीबार, १९ मङ्सिर २०७६, १७ : ५०
बिहीबार, १९ मङ्सिर २०७६

काठमाडौं । महानगरीय अपराध महाशाखा टेकुले उपत्यकाका विभिन्न स्थानबाट हराएका सर्बसाधारणको ३३ वटा मोबाइल फेला पारी सम्बन्धित व्यक्तिहरुलाई बुझाएको छ ।  

उपत्यकाको विभिन्न स्थानबाट सर्बसाधारणको मोबाइल हराउने तथा चोरी हुने गरेको जनगुनासोको आधारमा उक्त महाशाखाबाट मोबाइल खोजतलास अभियान संचालन गरी बिभिन्न स्थानबाट  हराएका मोबाइलहरु फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाएको सो महाशाखाले जनाएको छ । 

साथै फेला नपरेका मोवाइल सेटहरुको खोजतलास तथा अनुसन्धान भइरहेको पनि महाशाखाले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप