शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भ्रमण वर्ष सफल बनाउन राजनीतिक दलहरुसँग सिंहदरबारमा छलफल

बिहीबार, १९ मङ्सिर २०७६, १७ : ३९
बिहीबार, १९ मङ्सिर २०७६

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सन २०२० पर्यटन वर्षको रुपमा मात्र नभएर पर्यटन क्षेत्रको आधार वर्षको रुपमा विकास गर्ने योजना सहित मनाउन लागिएको जानकारी दिएका छन् । 

नेपाल भ्रमण वर्षलाई सफल बनाउन राजनीतिक दलहरुसँग बिहीबार सिंहदरबार स्थित मन्त्रालयमा छलफल गर्दै अवको एक दशक पर्यटनको लागि जोड दिने बताएका हुन् । 

उनले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने तथा पूर्वाधार निर्माणमा जोड दिने बताएका हुन् । 

उनले त्यसका लागि सबै राजनीतिक दलहरुलाई आफ्ना नेता, कार्यकर्ता, विदेश स्थित निकायहरुलाई परिचालन गर्नु आग्रह गरे । 

 त्यस्तै उनले विदेश भ्रमणमा जाँदा कम्तीमा पनि भ्रमण वर्ष २०२० को बारेमा देशका तर्फबाट कुरा राख्न र उपहार उपलब्ध गराउन मन्त्रालयसँग समन्वय गरेर मात्र जान आग्रह गरे । 

नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलले सरकारले मनाउन लागेको पर्यटन वर्षमा आफ्नो पार्टीले पूर्ण सहयोग गर्ने बताए । 

उनले पार्टीका सबै नेता कार्यकर्ताहरुलाई मन्त्रालयले अवैतनिक स्वयंसेवकको रुपमा कृयाशिल बनाउन सक्ने बताए । 

त्यस्तै नेपाली कांग्रेसका नेता मोहन बस्नेतले राजनीतिक रुपमा विवाद नगरी पर्यटन वर्ष सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा मन्त्री भट्टराईले २०२० को जनवरी १ मा राजधानी सहित सातै प्रदेशमा भव्य कार्यक्रम गरी भ्रमण वर्षको औपचारीक सुरुवात गर्न लागिएको समेत जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप