शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुख्खा बन्दरगाह स्थापनाका लागि पहल गर्छु: मन्त्री भट्ट

बिहीबार, १९ मङ्सिर २०७६, १६ : २०
बिहीबार, १९ मङ्सिर २०७६

कञ्चनपुर । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कञ्चनपुरको दोधरा चाँदनीमा सुख्खा बन्दरगाह स्थापनाका लागि पहल गर्ने बताएका छन् । कैलालीको धनगढी विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले सुख्खा बन्दरगाह सुदूरपश्चिम प्रदेशको मात्र नभएर देशकै समृद्धिसँग जोडिएको विषय भएकाले त्यसका लागि सबैको सहयोग आवश्यक भएको बताए ।

उनले धनगढी अत्तरिया करिडोरमा उद्योग स्थापनाका लागि विस्तुत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी अघि बढ्ने बताए । सरकारले विशेष आर्थिक क्षेत्र घोषणा गरेको कैलालीको डुँडेझारी र कञ्चनपुरको दैजी छेलामा औद्योगिक क्षेत्र स्थापनाका लागि  डिपीआर तयार भई अन्य प्रक्रिया अघि बढिसकेको समेत उनले बताए ।

मन्त्री भट्टले व्यापार घाटा कम गराउन निर्यातमुखी उत्पादनलाई प्रोत्साहन गर्न  सरकार लागि परेको बताए । उनले गौरीफन्टा नाकामा पशु क्वारेन्टाइन चेकपोष्ट स्थापनाका लागि छिट्टै पहल गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप