केन्द्रीय संस्करण

मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु

person explore access_timeमंसिर १९, २०७६ chat_bubble_outline0
file photo

सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मलङ्गवा नवलपुर सडक खण्ड अन्तर्गत मलङ्गवा नगरपालिका–११ गम्हरीयास्थित ना ४३ प ५६९१ नं को मोटरसाइकलले पैदलयात्री मङ्गवा–७ निवासी करीब ५५ वर्षीय धरिक्षण रायलाई ठक्कर दिँदा मृत्यु भएको प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता प्रतित सिंह राठौरले जानकारी दिए ।

गम्हरीया गङ्गा फ्युल सेन्टर नजिक आज १२ः१५ बजे मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका रायलाई जिल्ला अस्पताल मलङ्गवामा लादै गर्दा बाटोमै मृत्यु भएको प्रहरी प्रवक्ता राठौरले  बताए । मोटरसाइकल पछाडि बस्ने लालबन्दी नगरपालिका– १ नवलपुर निवासी २४ वर्र्षीय अबुलेक मिकरानी घाइते भएका छन् ।    
    
ठक्कर दिने मोटरसाइकलका चालक लालबन्दी नपा–१ निवासी २० वर्षीय आशिष मिकरानीलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ भने मृतक रायको शव अहिले परीक्षणका लागि मलङ्गवा अस्पतालमा राखिएको छ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.