महिला फुटबलः भारत फाइनलमा
बिहीबार, १९ मङ्सिर २०७६, १६ : ०२

कास्की । तेह्रौँ दक्षिण एशियाली खेलकूलद (साग) अन्तर्गत पोखरामा जारी महिला फुटबलमा भारत फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज भएको दोस्रो खेलमा भारत श्रीलङ्कालाई ६–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
भारतले पहिलो खेलमा माल्दिभ्सलाई ५–० गोल अन्तरले हराएको थियो । महिला फुटबलमा आज नेपाल माल्दिभ्ससँग खेल्दैछ । पहिलो खेलमा श्रीलङ्कालाई १–० ले हराएको नेपाल आजको खेल जितेमा फाइनलमा पुग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अम्पायरले किन सुनिल नारिनलाई उनको ब्याटले खेल्न दिएनन् ?
-
सुनको मूल्य २७०० रुपैयाँ बढ्यो, भाउ हालसम्मकै उच्च
-
५२ संवैधानिक नियुक्तिविरुद्धको मुद्दा प्रधानन्यायाधीशसहितको पूर्ण इजलासमा
-
मुग्लिङ–पोखरा सडक खण्ड विस्तार धमाधम (तस्बिरहरू)
-
रासन लिन २०० माइल यात्रा गर्नुपर्ने अमेरिकाकै दुर्गम ठाउँमा किन बस्छिन् यी महिला ?
-
जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण