बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

महिला फुटबलः भारत फाइनलमा

बिहीबार, १९ मङ्सिर २०७६, १६ : ०२
बिहीबार, १९ मङ्सिर २०७६

कास्की । तेह्रौँ दक्षिण एशियाली खेलकूलद (साग) अन्तर्गत पोखरामा जारी महिला फुटबलमा भारत फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज भएको दोस्रो खेलमा भारत श्रीलङ्कालाई ६–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

भारतले पहिलो खेलमा माल्दिभ्सलाई ५–० गोल अन्तरले हराएको थियो । महिला फुटबलमा आज  नेपाल माल्दिभ्ससँग खेल्दैछ । पहिलो खेलमा श्रीलङ्कालाई १–० ले हराएको नेपाल आजको खेल जितेमा फाइनलमा पुग्नेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप