विकास निर्माणका काममा कार्यकर्तालाई लगाउन नसक्दा अलोचना बढ्यो: मुख्यमन्त्री पोखरेल
काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिज्ञहरुले जनतालाई राज्य निर्माणमा भएका कामहरु बताउन नसक्दा आलोचना बढ्दै गएको बताएका छन् । समृद्धि र विकासबारे बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले विकास निर्माणका काममा कार्यकर्तालाई लगाउन नसक्दा अलोचना बढेको बताएका हुन् ।
उनले देशको आर्थिक विकास ७ प्रतिशत पुग्दा समेत आर्थिक वर्षको सुरुवातमा आर्थिक वृद्धि ५ प्रतिशत भन्दा कम हुने प्रक्षेपण हुनुलाई आलोचनात्मक सोचबाट सबैक्षेत्र प्रभावित भएको बताए । उनले कृषि, पर्यटन तथा पूर्वाधार मार्फत विकासका कामलाई तिब्र गतिमा अगाडी बढाउन सक्ने सम्भावना हुँदा पनि सरकारप्रति विश्वास गर्ने सोचको विकास हुन नसकेको बताए । उनले नेतृत्वमा पुगेकाहरुले इमान्दारपुर्वक विकास निर्माणमा ध्यान नदिदा आलोचना बढ्दै गएको बताए ।
सरकारले निर्यातलाई जोड दिने नीति लिएपनि देशमा निर्यात प्रवद्र्धन हुनेगरी उद्योग स्थापना हुन नसकेको उनले बताए । उनले दिगो आर्थिक विकासका लागि उत्पादनमा आधारित र आयात प्रतिस्थापन गर्ने उद्योगको स्थापना हुनुपर्ने बताए । त्यस्तै परम्परागत राजनीतिक प्रणालिमा सुधार हुन नसके विकास सम्भव नभएको बताउँदै कृषिमा आधुनिकिकरण, पर्यटन क्षेत्रमा नविन सोचको विकास राजनीति गर्नेहरुमा हुनुपर्ने समेत बताए ।
कार्यक्रममा मुख्यमन्त्री पोखरेलले आलोचनालाई सकारात्मक रुपमा प्रयोग गर्न नसके देशको आर्थिक समृद्धि हासिल गर्न सरकार असफल हुने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दरबारमार्ग क्षेत्रमा एमालेका कार्यकर्ताले गरे फोहोर, महानगरको एक्सन
-
गोरखामा मध्यपहाडी राजमार्गको २३ किलोमिटर सडक कालोपत्र अझै बाँकी
-
बालेनले गराए एमालेलाई १ लाख जरिवाना
-
सीडीओ र जिल्ला प्रहरी प्रमुखहरूलाई गृहमन्त्रीको निर्देशन, ‘निर्वाचन सुरक्षालाई सामान्य रूपमा नलिनु’
-
बीआरआईबारे कांग्रेसकै कित्तामा प्रधानमन्त्री ओली
-
किरिया खर्चको रकममा पनि घुस, नायव सुब्बा अख्तियारको नियन्त्रणमा