नाडामा बढ्यो चुनावी सरगर्मी, १९औं नेतृत्वका लागि दुलाल र कपुरीबीच कडा प्रतिस्पर्धा हुने
काठमाडौं । नाडा अटोमोवाइल एशोसियशन अफ नेपालको नयाँ नेतृत्वका लागि चुनावी चहलपहल सुरु भएको छ । अटोमोबाइल व्यवसायीहरुको छाता संघठन नाडाको ४३ औं साधारणसभा र संस्थाको नयाँ नेतृत्व छान्न सदस्यहरुबीच चुनावी सरगर्मी बढेको हो ।
संस्थाको ४३ औं साधारणसभा र २० औं पदाधिकारी निर्वाचनका लागि नाडाले समय तालिका समेत सार्वजनिक गरिसकेको छ । निर्वाचन आगामी पौष ४ गते हुँदैछ । नाडाको निर्वाचन आयोगको सूचनाअनुसार मतदाता नामावली प्रकाशनको अन्तिम मिति मंसिर २६ गतेलाई तोकिएको छ । मतदाता नामावलीउपर दावी विरोध मंसिर २७ गते र दावी विरोधको जाँचबुझ २७ गतेलाई तोकिएको छ । आयोगले नामावली प्रकाशनको अन्तिम मिति समेत सोही दिन तोकेको छ ।
यता, उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने अन्तिम मिति भने, मंसिर २९ गतेलाई तोकिएको छ । उम्मेदवारहरुको प्रथम नामावली प्रकाशन, उम्मेदवारउपर दावी विरोध, उम्मेदवारको मनोनयन पत्रको जाँचबुझ, उम्मेदवारहरुको नामावली प्रकाशन, उम्मेदारहरुले नाम फिर्ता लिनसक्ने र अन्तिम नामावली प्रकाशन पनि सोही दिन हुनेछ । मतदान भने पुस ४ गते हुनेछ ।
नाडाको २० औं आसन्न चुनावलाई लिएर यतिखेर बजारमा नयाँ नेतृत्वको चर्चा सुरु भएको छ । अहिलेसम्म एशोसियशनको अध्यक्षका लागि दुई जनाको दावेदारी देखिएको छ । हालको नाडा सञ्चालक समितिका बरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद दुलाल र प्रकाश कपुरीले नाडाको भावि नेतृत्वका लागि दाबी प्रस्तुत गरेका छन् । अहिलेसम्म अध्यक्षका लागि अरु कसैको दाबी प्रस्तुत नभएकाले दुलाल र कपुरी बीचनै प्रतिशपर्धा हुने देखिन्छ । यतिखेर दुलाल र कपुरी आफ्नो पक्षमा माहोल बनाउन लागि परेका छन् ।
यता, उपाध्यक्ष पदका लागि भने, चार जनाको चर्चा चलेको छ । अटोमोबाइल व्यवसायी निराकार श्रेष्ठ, आकास गोल्छा, करण चौधरी र सुनिल रिजालले उपाध्यक्षका लागि ईच्छा देखाएका छन् । बजारमा श्रेष्ठ अध्यक्षको दाबेदार रहेको एक किसिमको हल्ला चलेपनि संस्थाको विधानअनुसार अध्यक्ष हुन अनिवार्य एक वर्ष जिम्बेवार पदमा रहेको हुनुपर्ने भएपछि सो टरेको हो । श्रेष्ठ पूर्व नाडा अध्यक्ष अञ्जनकुमार श्रेष्ठका दाजु हुन् ।
नाडाको सचिव, महासचिव र अन्य पदाधिकारी भने, नवनियुक्त अध्यक्ष, उपाध्यक्ष र समितिले मनोनयन गर्ने छ । हाल नाडाको अध्यक्षमा व्यवसायी सम्भुप्रसाद दाहाल छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’