शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘दी कर्मा’ को टीजर : बोल्ड अवतारमा परमिता

बिहीबार, १९ मङ्सिर २०७६, १२ : ४३
बिहीबार, १९ मङ्सिर २०७६

काठमाडौं । आउँदो १७ माघबाट देशभर रिलिजको तयारीमा रहेको फिल्म ‘दी कर्मा’को अफिसियल टिजर सार्वजनिक भएको छ । टिजरमा अभिनेत्रीद्वय परमिता राज्यलक्ष्मी राणा र नीता ढुङ्गाना, करण बर्मा र बुद्धी तामाङ देखिएका छन् । 

टिजरमा अभिनेत्री राणा बोल्ड अवतारमा समेत देखिएकी छन् । 

देवकुमार श्रेष्ठको निर्देशन रहेको फिल्म जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो ।

फिल्मको कथा निर्माता जय राज राय आफैले लेखेका हुन् । रायसँगै श्रीदेव बि.एल.र निशा खतिवडा निर्माताको रुपमा रहेका छन् ।

तराईका भूभागमा छायाँकन भएको फिल्ममा करण, नीता, परमिता, बुद्धीको अलवा देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारको अभिनय रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप