शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सागमा निमाको लगातार दोस्रो स्वर्ण

बिहीबार, १९ मङ्सिर २०७६, ११ : १८
बिहीबार, १९ मङ्सिर २०७६

काठमाडौं । नेपालकी निमा घर्तीमगरले १३औं दक्षिण एसियाली खेलकुद (साग) को उसुमा बिहीबार स्वर्ण जितेकी छन् । निमाले थाउलो अन्तर्गत नान्दौमा स्वर्ण पदक जितेकी हुन् ।

निमाको सागमा लगातार दोस्रो स्वर्ण हो । यसअघि भारतमा भएको १२ औँ सागमा पनि निमाले स्वर्ण जितेकी थिइन् ।

लगनखेलस्थित आर्मी कभर्ड हलमा बिहीबार निमाले बङ्गलादेशकी मोर्जिना अख्तरलाई हराईन् । निमाले १८.१९ स्कोर गरिन् । अख्तरले १६.३ अंक नाइन् ।

श्रीलंकाकी सञ्जु कुमारीले १४.७९ अंक जोड्दै तेस्रो भइन् ।

यससँगै नेपालको स्वर्ण ३० पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप