शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

घरमा कम्प्युटरबिनै हुर्किएका गुगलका सिईओ सुन्दर पिचाई अब सिलिकन भ्याली कै शक्तिशाली व्यक्ति

बिहीबार, १९ मङ्सिर २०७६, ११ : १४
बिहीबार, १९ मङ्सिर २०७६

एजेन्सी । सुन्दर पिचाई निर्विवाद रुपमा सिलिकन भ्यालीको सबैभन्दा शक्तिशाली व्यक्तिमध्ये एक बनेका छन् ।

मङ्गलबार गुगलका सह–संस्थापकहरु ल्यारी पेज र सर्गे ब्रिनले गुगलका सीईओ रहदैं आएका पिचाईलाई अल्फाबेटको सीईओमा मनोनयन गरे । अल्फाबेट गुगलसमेत कयैन प्रविधि कम्पनीहरुको माउ कम्पनी कम्पनी हो ।

गुगलका सह–संस्थापक ल्यारी पेजले अल्फाबेटको सीईओ पद छाडेपछि पिचाई त्यस पद सम्हाल्न लागेका हुन् ।

गुगलका अर्का सह–संस्थापक सर्गेई ब्रिनले पनि अल्फाबेटको अध्यक्ष पदबाट राजिनामा दिएका छन् । कम्पनीमा अब अध्यक्ष पद खारेज गरिनेछ ।

पेज र ब्रिनले मंगलबार एक ब्लग पोस्टमार्फत आफ्नो निर्णय सार्वजनिक गरेका थिए । पिचाईले दुवैप्रति आभार व्यक्त गरेका छन् ।

१५ वर्षअघि गुगलमा काम शुरु गरेका थिए

भारतीय मुलका पिचाई सन् २००४ मा इनोभेसन अफिसरको रुपमा गुगलमा जोडिएका थिए ।

पछिल्लो १५ वर्षको अवधिमा गुगलमा पिचाईले उलेख्य सफलता हासिल गरे । शुरुमा गुगलको टूलबार र गुगल क्रोम विकास गर्न उनको महत्वपूर्ण भूमिका थियो । त्यस्तै मोबाइलमा निक्कै लोकप्रिय एण्ड्रोइड अफरेटिङ सिस्टम निर्माण कार्यको पनि उनी प्रमुख थिए ।

सन् २०१४ मा उनलाई कम्पनीको ‘प्रोडक्ट र प्ल्याटफर्म’ प्रमुख बनाइयो । त्यसको अर्को वर्ष उनी गुगलको प्रमुख कार्यकारी अधिकृत बने ।

आठ वर्षअघि गुगल छाड्ने सोचमा थिए

गुगलको प्रमुखको कार्यभार सम्हालेदेखि पिचाईले कम्पनीको वार्षिक विज्ञापन रकम ८५ प्रतिशतले बताए ।

अल्फाबेट अहिले एप्पल, माइक्रोसफ्टपछि विश्वको तेस्रो ठूलो कम्पनी हो ।

सन् २०११ मा ट्वीटरले पिचाईलाई रोजगारीको प्रस्ताव राखेको थियो । तर गुगलले उनलाई पाँच करोड डलरको आकर्षक सेवा–सुविधा बढाएर रोकेको थियो ।

अमेरिका उड्नुअघिसम्म थिएन घरमा कम्प्युटर

पिचाईको जन्म भारतको दक्षिणी शहर चेन्नईमा भएको थियो । उनको परिवार आर्थिक रुपमा सामान्य अवस्थामा थियो । त्यसैले उनी हुर्कदै गर्दा उनको घरमा न कम्प्युटर थियो न इन्टरनेट ।

सीएनएनसँगको अन्तरवार्तामा पिचाईले भने, ‘ घरको टेलिफोनको लागि पनि पाँच वर्ष कुर्नु परेको थियो । जब घरमा टेलिफोन जोडियो त्यो टोलभरीको संचारको माध्यम बन्यो । वरपरका मानिसहरु तिनका बालबच्चासँग कुराकानी गर्नको लागि हाम्रै घरमा आउथे ।’

‘घरको टेलिफोनले मलाई प्रविधि शक्ति महसुस गराएको थियो ,’ उनले भने ।

पिचाईसँग अमेरिका उड्नु अघिसम्म आफ्नै कम्प्युटर थिएन । उनी अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयमा छात्रावृत्ति पाएपछि अमेरिका गएका थिए ।

स्यानफोर्डबाट इन्जिनियरिङमा स्नातकोत्तर पास गरेपछि युनिभर्सिटी अफ पेन्सिलभेनियाबाट एमबीए गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप