अफ्ठ्यारा दिनहरुमा मलाई ठूला निर्देशकहरुले काम दिन मानेनन् : अक्षय कुमार
बलिउड अभिनेता अक्षय कुमारले आफ्नो विगतको तीतो अनुभव सुनाएका छन् । नयाँ फिल्मको प्रमोसनमा उनले अफ्ठयारो समयमा ठूला निर्देशकले फिल्म नदिएको गुनासो पोखेका हुन् ।
उनले २७ डिसेम्बरमा रिलीज हुन लागेको फिल्म ‘गुड न्यूज’ मा मुख्य भूमिका निभाएका छन् । यो फिल्म निर्देशक राज मेहताले निर्देशन गरेका हन् ।
‘गुड न्यूजको’ कार्यक्रममा उनले नयाँ निर्देशकसँग काम सुरु गरेको विगत सम्झदैँ भने, ‘ठूला र अनुभवी निर्देशकले मलाई लिएनन् । त्यसैले मैले नयाँ निर्देशकसँग काम गरेँ । सत्य यही नै हो जब कोहि ठूला मान्छे तपाईँसँग काम गर्न चाहादैँनन् तब आफै काम गर्न सुरु गर्नुपर्छ ।’
उनले अगाडि भने, ‘राज मेरो २१ औँ निर्देशक हुन् । मलाई लाग्छ नयाँ निर्देशकमा राम्रो काम गर्ने इच्छाशक्ति पूराना निर्देशकमा भन्दा बढी हुन्छ । नयाँ निर्देशकको लागि मर या गरको स्थिती हुन्छ ।’
उनले किन निर्देशकले काम दिएनन् त ? भन्ने प्रश्नको जवाफमा उनले निर्देशकहरु त्यहीँ गए जहाँ उनीहरुलाई ठिक लाग्यो । त्यसैले आफूलाई कसैसँग गुनासो नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैलेन्द्रको साथले बागमती सरकार जोगियो, अन्य प्रदेशमा कस्तो असर गर्ला ?
-
बागमती प्रदेशसभा बैठक १९ गते बस्ने
-
जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको छ : मन्त्री बस्नेत
-
कुन दलले पाउँछ राष्ट्रियसभा उपाध्यक्ष, कहिले हुन्छ चुनाव ?
-
महतले अघि बढाएका राम्रा काम रोक्दिन : अर्थमन्त्री पुन
-
नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतले षड्यन्त्र गरेको छैन : अध्यक्ष माधव