शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ज्ञानेन्द्र मल्लको शतकमा भुटानविरुद्ध नेपालको विशाल योगफल

बिहीबार, १९ मङ्सिर २०७६, १० : ३४
बिहीबार, १९ मङ्सिर २०७६

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत क्रिकेटमा नेपालले भुटानलाई २ सय ३७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

बिहीबार बिहान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेपालले कप्तान ज्ञानेन्द्र मल्लको शानदार शतकीय पारीको मद्दतमा २ सय ३६ रनको विशाल योगफल तयार पारेको छ ।

नेपाललाई विशाल योगफलमा लैजान कप्तान मल्लले पहिलो अन्तर्राष्ट्रिय टी–२० शतक प्रहार गर्दै ५५ बलमा १०७ रन बनाए । यो हालसम्मकै उनको उत्कृष्ट टी–२० पारी हो ।

यस अतिरिक्त पूर्वकप्तान पारश खड्काले पनि अद्र्धशतकीय पारी खेले । खड्काले २८ बलमा ९ चौका र एक छक्काको मद्दतमा ५७ रन बनाए ।

दीपेन्द्रसिंह ऐरीले २७ बलमा ४५ रन बनाए ।

भुटानका लागि कर्मा दोर्जीले दुई विकेट लिए भने तोब्देन सिङ्ग्येले एक विकेट लिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप