उद्घाटनमा मेस्सीको अर्जेन्टिना र चिली भिड्ने
बिहीबार, १९ मङ्सिर २०७६, ०९ : १५

सन् २०२० मा आयोजना कोपा अमेरिका फुटबलको समूह विभाजन र तालिका सार्वजनिक गरिएको छ ।
आगामी जुन १२ तारिख हुने उद्घाटन खेलमा लियोनल मेस्सी प्रेरित अर्जेन्टिना र चिली भिड्नेछन् । कोपा अमेरिकाले सहभागी १२ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ अर्जेन्टिना, अष्ट्रेलिया, बोलिभिया, चिली, उरुग्वे र पराग्वे रहेका छन् । समूह ‘बी’ मा साविक विजेता ब्राजिल, कोलम्बिया, कतार, भेनेजुएला, इक्वेडर र पेरु रहेका छन् । दुई समूहका शीर्ष चार टोली नकआउट तथा क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।
सन् २०२२ को विश्वकप आयोजक कतार र अष्ट्रेलियालाई आमन्त्रित टोलीको रुपमा सहभागि गराईएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीलाई भेटेपछि ट्रम्पले भने, ‘पुटिन युद्ध अन्त्य गर्न चाहेका छैनन्’
-
नेपाल–भारत ऊर्जा व्यापार : भारतीय बजार नेपालमा आइपुग्यो, नेपालसँग छैन उत्पादन
-
३३ औँ उपाधिबाट एक जित टाढा बायर्न
-
५ गोलको थ्रिलरमा रियललाई हराउँदै बार्सालाई कोपा डेल रे
-
आज कति पुग्यो डलरको मूल्य ?
-
आज आमाको मुख हेर्ने पर्व मनाइँदै, मातातीर्थमा मेला