शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुखद रहेन मोरिन्हो ओल्ड ट्राफोड फिर्ती

बिहीबार, १९ मङ्सिर २०७६, ०८ : ०३
बिहीबार, १९ मङ्सिर २०७६

एजेन्सी । जोसे मोरिन्हो बुधबार ओल्ड ट्राफोड मैदान प्रवेश गर्दै थिए, यस पटक विपक्षी टोलीको म्यानेजरको रुपमा । तर, ओल्ड ट्राफोडमा उनको फिर्ती भने सुखद रहेन ।

मार्कस रासफोर्डले दुई गोल गरेपछि म्यान्चेस्टर युनाइटेडले मोरिन्होको टोटनहमलाई २–१ ले पराजित गर्यो ।

रासफोर्डले खेलको छैटौँ मिनेटमा नै युनाइटेडलाई अग्रता दिलाए । तर, खेलको ३९ औँ मिनेटमा डेली अलीले टोटनहमलाई खेल बराबरीमा ल्याए ।

दोस्रो हाफमा युनाइटेडले पेनाल्टी पायो । जसलाई रासफोर्डले सजिलै गोलमा परिणत गरे । उनको यो गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो ।

टोटनहमले प्रिमियर लिगमा सबैभन्दा धेरै युनाइटेडसँग ३५ खेल हारेको छ । यता, गत अगस्त यता घरेलु मैदानमा खेलिएका ९ खेलमा युनाइटेड अपराजित रहेको छ ।

जीतसँगै युनाइटेड लिगको छैटौँ स्थानमा उक्लिएको छ । टोटनहम लिगको आठौँ स्थानमा सिमित छ । अब युनाइटेडले शनिबार एतिहाद स्टेसडियममा चिर प्रतिद्वन्द्वीको सामना गर्नेछ भने टोटनहमले घरमा बर्नलीको आतिथ्य गर्नेछ ।

बुधबार भएको अन्य खेलमा चेल्सीले एस्टन भिल्लालाई २–१ ले पराजित गर्दै लिगको चौथो स्थानमा कायम रहेको छ ।

चेल्सीको जीतमा ट्यामी अब्राहम र मेसन माउन्टले गोल गरे भने भिल्लाका लागि एक मात्र गोल ट्रेजेगुएटले गरे ।

योसँगै चेल्सीले भिल्लाबिरुद्ध घरेलु मैदानमा लगातार ५ खेल जित्न सफल भएको छ ।

१५ खेलबाट चेल्सीको २९ अंक रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप