गोठालाकै भरमा भेडाबाख्रा अनुसन्धान केन्द्र
जुम्लाको कृषि उत्पादन बढाउने, जीविकोपार्जनमा सुधार ल्याउने लगायतका उद्देश्यसहित २०२७ सालमै भेडा तथा बाख्रा अनुसन्धान केन्द्र स्थापना भएको थियो ।
व्यावसायिक भेडाबाख्रा पालका लागि उन्नत जातका भेडाबाख्रा पालनका लागि उन्नत जातका भेडाबाख्रा उत्पादन गर्ने लक्ष्यका साथ गुठीचौर गाउँपालिका २ मा स्थापना भएको यो केन्द्र पाँच दशक बितिसक्यो । तर यो अनुसन्धान केन्द्रमा दरबन्दीअनुसार वैज्ञानिक नआउँदा अनुसन्धानका सबै काम प्रभावित भएका छन् ।
भौगोलिक विकटतासँगै सडक, सञ्चार, इन्टरनेटको सुविधा नभएकाले अहिलेसम्म आउने कुनै कर्मचारी पाँच महिनाभन्दा बढी बसेका छैनन् । सरकारले बर्सेनि करोडौं लगानी गर्ने तर अध्ययन अनुसन्धानका लागि वैज्ञानिक नपठाउँदा बजेट बालुवामा पानी हालेसरह भएको छ ।
वैज्ञानिक तथा प्राविधिक अधिकृतहरुको अभावकै कारण पाँच दशकसम्म न कृषितर्फ कुनै अनुसन्धान भएको छ न भेडाबाख्रा उत्पादन र अनुसन्धानतर्फ नै प्रगति भएको छ । उन्नत जातका भेडा उत्पादनका लागि अष्ट्रेलिया र न्युजिल्याण्डबाट ल्याएको विदेशी भेडाहरु वैज्ञानिक अभावकै कारण थन्किएका छन् । केन्द्र गोठालाकै भरमा छ । यो समाचार कारोबार दैनिकमा सागर परियारले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी
-
साँगा–धुलिखेल सडक : पुरानै स्थानमा ढल निर्माणले समस्या निम्तिने
-
वर्तमान सत्ता गठबन्धन माघ कट्दैन : गगन थापा
-
एमाले प्रतिनिधि परिषद्को बैठक : यस्ता छन् ६ प्रतिवेदन (पूर्णपाठ)
-
राप्रपामाथि ओलीको व्यङ्ग्य : विचार नभएको दक्षिणपन्थी शक्ति वैकल्पिक शक्ति हुन सक्दैन
-
‘दिनभरि टेबुलमा बसेर काम गर्यो, एक्सरसाइज छैन, हड्डी कमजोर हुने नै भयो’