शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सागमा नेपालको स्वर्ण शतक पूरा

बिहीबार, १९ मङ्सिर २०७६, ०७ : २५
बिहीबार, १९ मङ्सिर २०७६

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) को १३औँ संस्करण जारी रहँदा नेपाले विगतदेखि अहिलेसम्म एक सयौं स्वर्ण पदक जितेको छ । बुधबार तेक्वान्दोको ८७ केजी तौल समूहमा नेपालका सक्षम कार्कीले स्वर्ण जितेपछि सागमा नेपालको कूल स्वर्ण सङ्ख्या एक सय पुगेको हो । नेपालले १३औं सागमा बुधबारसम्म २९ स्वर्ण जितेको छ ।

तत्कालिन दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) को पहिलो संस्करणमा नेपालका लागि बक्सिङमा स्वर्गीय पुष्करध्वज शाहीले पहिलो स्वर्ण पदक दिलाएका थिए । नेपालबाटै सन् १९८४ मा सुरु भएको (साग) को पहिलो संस्करणमा नेपालले चार स्वर्ण जितेको थियो । १९८५ मा बंगलादेशमा भएको दोस्रो सागमा नेपालले एक स्वर्ण जितेको थियो ।

१९८७ मा भारतमा भएको तेस्रो संस्करणमा नेपालले दुई स्वर्ण जित्यो । नेपालले सन् १९८९ मा पाकिस्तानमा भएको चौथो संस्करणमा एक, सन् १९९१ म श्रीलंकामा भएको पाँचौमा दुई, १९९३ मा बंगलादेशमा भएको छैटौंमा एक, १९९५ मा भारतमा भएको सातौंमा चार, सन् १९९९ मा नेपालमा भएको आठौंमा ३१, सन् २००४ मा भएको नवौंमा सात, सन् २००६ मा श्रीलङ्कामा भएको दशौंमा सात, सन् २०१० मा बंगलादेशमा भएको एघारौंमा आठ र भारतमा सन् २०१६ मा भएको १२औं सागमामा तीन स्वर्ण पदक जितेको छ । नेपाल यसपटक सन् १९९९ मा जितेको ३१ स्वर्णको इतिहासलाई तोड्ने योजनामा छ ।

जरी सागमा नेपालको स्वर्ण पदक

१.कराते (एकल काता) – मन्डेकाजी श्रेष्ठ 

२.कराते (टिम काता, पुरुष ) – मन्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

३.कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की

४.कराते (५५ केजी) – लक्ष्मण तामाङ

५.कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ

६.कराते (४५ केजी मुनी)– कुसुम खड्का

७.कराते (५० केजी मुनि)– अनु अधिकारी

८.कराते (६७ केजी) – नवीन रसाइली

९.कराते (६८ केजी)– सुनिता महर्जन

१०. कराते (६८ केजी)– अनुपमा मगर

११.तेक्वान्दो पुम्से (२३–२९ वर्ष) – कमल श्रेष्ठ

१२.तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष)– सिना मादेन लिम्बु

१३.तेक्वान्दो पुम्से (२३ –२९ वर्ष) – पार्वती गुरुङ

१४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि) – आयशा शाक्य

१५.तेक्वान्दो पुम्से (२९ वर्ष माथि) –  आयशा शाक्य र सञ्जिकुमार पाण्डे

१६.पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना

१७.पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई

१८. तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ

१९. तेक्वान्दो (६८ केजी मुनि) – वीरबहादुर महरा

२०.ट्रायथलन – सोनी गुरुङ

२१.दुवाथोलन – हिमाल टमाटा

२२. उसु (थाउलो) – विजय सिन्जाली

२३. उसु (थाउलो) – सुस्मिता तामाङ

२४. उसु (थाउलो)– दीपक हमाल

२५.एथलेटिक्स (१० हजार मिटर)– सन्तोषी श्रेष्ठ

२६. साइक्लिङ (डाउनहिल) – राजेश मगर

२७. साइक्लिङ (डाउनहिल) – निश्मा श्रेष्ठ

२८. तेक्वान्दो (६२ केजी मुनि) – संगीता बस्याल

२९. तेक्वान्दो (८७ केजी ) – सक्षम कार्की

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप