बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस रिभ्यू : माधव नेपाल विशेष दूत, तुलसाले साग छाडेर किन गइन् कतार ?

बिहीबार, १९ मङ्सिर २०७६, ०७ : १६
बिहीबार, १९ मङ्सिर २०७६

आज मङ्सिर १९ गते बिहीबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा १३ औँ दक्षिण एसियाली खेलकुद सागका समाचारले प्राथमिकता पाएका छन् । त्यस्तै, सत्तारुढ नेकपाको सचिवालय बैठकदेखि प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थाबारे पनि समाचारहरु प्रकाशित छन् ।

सीमा अतिक्रमणबारे वार्ता पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई विशेष दूतका रुपमा भारत पठाउन लागेको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । प्रधानमन्त्री ओलीको आग्रहपछि नेपालले विशेष दूतका रुपमा दिल्ली जाने तयारी गरेका हुन् । तर भारतीय पक्षबाट जानकारी नआएकाले टुङ्गो नलागेको नेता नेपालले बताएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । बुधबार बसेको सचिवालय बैठकमा नेपालले आफू भारत जान लागेको जानकारुी गराएका थिए ।

‘विवादीत सीमा क्षेत्रका बारेमा भारतीय पक्षसँग छलफल गर्न तपाईं जानुस् भन्ने प्रधानमन्त्रीज्यूको आग्रह थियो,’ नेपालले बैठकमा गरेको ब्रिफिङबारे एक सचिवालय सदस्यले भने, ‘प्रधानमन्त्रीसँग कात्तिक अन्तिमतिर भएको भेटमा यो विषय उठे पनि पछि थप छलफल हुन पाएन ।’ बैठककमा नेता नेपालले त्यतिखेल आफूले प्रधानमन्त्रीलाई राष्ट्रिय हितका लागि आफू जस्तोसुकै काम गर्न तयार रहेको जवाफ दिएको बताएको कान्तिपुर दैनिकमा उल्लेख गरिएको छ ।

नयाँ पत्रिका दैनिकमा ४४ जिल्लामा सात हजार रोपनी सरकारी जग्गा व्यक्तिका नाममा पारिएको ६ महिनाअघि बनेको आयोगको अध्ययनले देखाएको समाचार छ । सरकारी, सार्वजनिक र गुठीका जग्गा संरक्षणसम्बन्धी जाँचबुझ गर्न गठित आयोगले ६ महिना लगाएर गरेको छानबिनमा सरकारी जग्गा व्यक्तिका नाममा लगिएको प्रमाण संकलन गरेको हो । ४४ जिल्लामा मात्रै पाँच सय बिघा अर्थात् झन्डै सात हजार रोपनी सरकारी जग्गा व्यक्तिको नाममा नामसारी भएको भेटाएको छ । बालुवाटारस्थित ललितानिवासको जग्गा निजीकरण गरेको सार्वजनिक भएपछि सरकारले देशैभर हिनामिना भएका सरकारी जग्गाको लगत संकलन गर्न १३ जेठमा आयोग गठन गरेको थियो । छानबिनअघि आयोगले उजुरी आह्वान गर्दै सार्वजनिक सूचना निकालेको थियो । स्रोतका अनुसार आयोगमा एक सय ७७ उजुरी परे । आयोगले त्यही उजुरीका आधारमा छानबिन थालेको थियो । सबैभन्दा धेरै सुनसरीको सर्दु जलाधार क्षेत्रमा ४२ बिघा अर्थात् पाँच सय ३२ रोपनी सरकारी जग्गा किर्ते गरेर व्यक्तिको नाममा लगेको प्रतिवेदनमा उल्लेख छ ।

पत्रिकामा मेडिकल कलेजका विद्यार्थीले बोर्ड परीक्षा बहिष्कार गरेको समाचार पनि प्रकाशित छ । सरकारले मेडिकल कलेज सञ्चालककै पक्षपोषण हुने गरी दुई शैक्षिक सत्रमा उठाएको बढी शुल्क मात्रै फिर्ता गर्ने सहमति गरेपछि विद्यार्थीहरू वार्षिक परीक्षा बहिष्कारमा उत्रिएका छन् । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त चितवन, युनिभर्सल, नेसनल र जानकी मेडिकल कलेजका पहिलो र दोस्रो वर्षका बिडिएस र नर्सिङका विद्यार्थीले बुधबारको परीक्षा बहिष्कार गरेका हुन् । यी कलेजका एमबिबिएस पहिलो र दोस्रो वर्षका विद्यार्थीले पनि बिहीबारदेखि तोकिएको परीक्षा बहिष्कार गर्ने निर्णय गरेका छन् । बुधबार चितवन मेडिकल कलेजका बिडिएस र नर्सिङका विद्यार्थीले परीक्षा बहिष्कार गर्दै प्रवेशपत्र जलाए ।

त्यस्तै, पत्रिकामा नेपाली सुटिङ खेलाडीसँग रहेको २० वर्ष पुराना हतियार नपड्किएपछि पाकिस्तानी खेलाडीसँग मागेर खेल्न परेको समाचार पनि छ । बुधबार महिलाको २५ मिटर स्ट्यान्डर्ड पस्तोलमा नेपालकी सीमा तुलाधर पेस्तोल नपड्किएकै कारण लज्जित हुनुप(यो । पहिलो फायरमै सीमाको हतियार चलेन, अन्य देशका खेलाडी आफ्नो खेलमा केन्द्रित हुँदा सीमाले पिस्तोलमा गोली लोड गर्नमै संघर्ष गर्नुप(यो । मंगलबार भएको पुरुषतर्फको २५ मिटर (यापिड फायरमा पनि समस्या उस्तै थियो । तीन नेपाली खेलाडीका लागि एउटा मात्रै हतियार थियो । पहिलो राउन्डको खेलमा विजय कार्की एक्लैले हतियार लिएर खेले । त्यसपछि नेपालका अन्य दुई खेलाडी सुमन तुलाधर र अनिल ठकुरीले एकसाथ प्रतिस्पर्धा गर्नुपर्ने भयो, उनीहरूले बाध्य भएर पाकिस्तानी खेलाडीसँग हतियार मागेर खेले ।

अन्नपूर्ण पोष्ट दैनिकमा सरकारले नेपाली हावापानीमा अनुकूलन हुन नसक्ने चिनियाँ गाई ल्याउन फेरि प्रक्रिया थालेको समाचार छ। पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला पनि चिनियाँ गाई भित्र्याउने पहल भएको थियो। पशुसेवा विभाग र पशु विज्ञहरूले चिनियाँ गाई नेपाली हावापानी अनुकूल नभएको निष्कर्षसहित सुझाव दिएपछि सरकार पछाडि हटेको थियो। यसपटक भने प्रदेश सरकारमार्फत चिनियाँ गाई ल्याउन लागिएको हो। नेपालमा उन्नत जातका चिनियाँ गाई भित्र्याउने परियोजनाका लागि चीनले ३२ अर्ब रुपैयाँ अनुदान दिन लागेको छ। अनुदान रकम चीनले नेपाललाई प्रतिबद्धता गरेको सहायता रकमबाटै कट्टा गरिनेछ। प्रदेश सरकारमार्फत कार्यान्वयन गर्न लागिएको परियोजनाअन्तर्गत चीनबाट १७ हजार ‘होलेस्टिन फ्रिजियन’ जातका गाई ल्याइनेछ।

पत्रिकामा बालुवाभित्र सीमा स्तम्भ शीर्षकमा समाचार छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लामसेट्टीमा नेपाल–भारत सीमा छुट्याउने १० सीमा स्तम्भ महाकालीको पानीभित्र छन्। ८१३ नम्बरको मुख्य सीमा स्तम्भ महाकालीको बगरमा ढलेर अलपत्र छ। उत्तरतर्फका १० वटा सीमा स्तम्भ पानीभित्र रहेको ब्रह्मदेवस्थित सशस्त्र प्रहरी बलको बीओपी जानकारी दिएको छ। सशस्त्रका अनुसार ३ वटा मुख्यसहित ७ वटा सहायक गरी सो क्षेत्रमा १० वटा छन्।

त्यस्तै, नागरिक दैनिक पत्रिकामा साग छोडेर तुलसा कतार भासिनुको भित्री कथाबारे समाचार छ । देशमा अहिले १३औं दक्षिण एसियाली खेलकुल (साग) सञ्चालन भइरहेको छ। एथ्लेटिक्सकी राष्ट्रिय खेलाडी तुलसा बन्द प्रशिक्षणमै रहेका बेला रोजगारीका लागि कतार गएकी हुन्। धेरैले तुलसालाई साग प्रतियोगिता छोडेर देशकै गरिमामा आँच पु(याएको आरोप लगाइरहेका छन् तर घरको अवस्था हेर्दा उनी रहरले नभएर बाध्यताले श्रम गर्न कतार पुगेको देखिन्छ। घरखर्च चलाउन र छोराछोरी पढाउन तुलसाका बुवा भीमबहादुरले १२ वर्षदेखि मलेसियामा पसिना बगाइरहेका छन्। उनी ४५ वर्ष पुगे। पाखुराको बलमा कमाउने उमेर पनि सकिनै थाल्यो। तुलसाकी आमा पद्मा मुटुरोगी छिन्। ‘अब तिमीहरुलाई पढाउने र आमाबुवा पाल्ने जिम्मेवारी मेरो काँधमा आएको छ,’ कतार जानु दुई दिनअघि काठमाडौंबाट बहिनी गौरीलाई फोन गरी तुलसाले भनेकी थिइन्, ‘म टाढा हुनेछु, आमाको ख्याल गर्नू।’ विदेश उडेको दिन मंसिर १३ गते बिहान पनि तुलसाले आमालाई फोन गरिन्। ‘केही दिन सम्पर्क हुँदैन होला,’ छोटो कुराकानीमा तुलसाले भनिन्, ‘आमा, आफ्नो ख्याल गर्नु, केही समस्या परे बहिनीलाई खबर गर्नु।’ भोलिपल्टै उनी साग छोडेर विदेश उडेको खबर आउन थाले।

कान्तिपुर दैनिकमा प्रधानमन्त्रीलाई एक–दुई दिनमै डिस्चार्ज गर्ने तयारी गरिएको समाचार छ ।  उपचारमा संलग्न चिकित्सकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकरदुई दिनमै अस्पतालबाट डिस्चार्ज गरिने जनाएका छन् । प्रधानमन्त्रीको स्वास्थ्यमा राम्रो सुधार आइरहेको र यस्तै सुधार जारी रहे डिस्चार्ज गर्न सकिने उनीहरूले जनाएका हुन् । ‘सुधारको स्थिति यस्तै कायम रहे र एक्कासि कुनै जटिलता नथपिए, प्रधानमन्त्रीलाई छिट्टै डिस्चार्ज गरिनेछ’, उपचारमा संलग्न एक चिकित्सकले भने । प्रधानमन्त्री ओलीलाई ९ दिनअघि ‘एपेन्डिसाइटिस’ सहित पेरिटोनाइटिस (पेटको संक्रमण) समेत भएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी आकस्मिक शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि उनलाई आईसीयूमा राखिएको छ । उनलाई शनिबार र आइतबार दुईपटक डायलसिस गरिएको थियो । प्रधानमन्त्रीलाई डिस्चार्ज गर्नुअघि डायलसिस गरिने जानकारी ती चिकित्सकले दिए । ‘अब प्रधानमन्त्रीलाई घरमै आराम गर्दा पनि त्यति अप्ठ्यारो हुनेछैन,’ ती चिकित्सकले भने ।

पत्रिकामा समायोजनका कारण नेपाली काँग्रेसको महाधिवेशन प्रभावित भएको बारे समाचार पनि छ । काँग्रेस सभापति शेरबहादुर देउवासहित केन्द्रीय कार्यसमितिमा पदाधिकारी र सदस्यको चार वर्षको कार्यकाल फागुन मसान्तबाट सकिँदैछ । कार्यकाल सकिन लागे पनि काँग्रेसले १४ औँ महाधिवेशनको तालिका अहिलेसम्म तय गर्न सकेको छैन । महाधिवेशन गर्न नसकेको विशेष कारण देखाएर एक वर्षको कार्यकाल बढाउन सकिने व्यवस्था विधानमा छ । त्यस अतिरिक्त थप ६ महिना बढाउन सकिने सुविधा संविधानले दिएको छ । विधान अनुसार एक वर्ष कार्यकाल बढाएर ०७७ फागुनसम्म महाधिवेशन गर्ने योजना सभापति देउवाको छ । यो योजना उनले केही समयअघि पार्टी केन्द्रीय कार्यसमिति बैठकमा सुनाइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप