शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रपतिकै नेतृत्वमा भ्रष्टाचारविरुद्ध प्रदर्शन

बुधबार, १८ मङ्सिर २०७६, २२ : ४६
बुधबार, १८ मङ्सिर २०७६

एजेन्सी । युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनीले बुधबार भ्रष्टाचारविरुद्धको बृहत् ¥यालीको नेतृत्व गरेका छन् ।  पूर्वी अफ्रिकी मुलुक युगाण्डाको राजधानीमा बुधबार भ्रष्टाचारविरुद्ध विशाल प्रदर्शन कार्यक्रमको आयोजना गरिएको थियो । 

राष्ट्रपति मुसेभेनीले झण्डा फहराउँदै भ्रष्टाचारविरोधी जुलुसमा झण्डै चार किलोमिटर पैदल यात्रा गरेका थिए । ‘भ्रष्टाचाररहित युगाण्ड मैबाट शुरु गर्छु” भन्ने मूल नारासहित भ्रष्टाचारविरुद्धको प्रदर्शनको आयोजना गरिएको थियो । 

राष्ट्रपति मुसेभेनीले नेतृत्व गरेको प्रदर्शनमा उपराष्ट्रपति इड्वार्ड स्सेकान्दी, सभामुख रेबेका काडागा, प्रधानन्यायाधीश बार्त कातुरीबे, धार्मिक नेताहरू, सरकारी उच्च पदस्थ अधिकारीहरू, आम नागरिकसहित सयौँ सहभागी भएका थिए । 

प्रदर्शन कन्सीच्युस्नल स्वायरबाट शुरु भई कोलोलो स्वतन्त्र मैदानमा पुगेको थियो । प्रदर्शनका कारण कैयौँ घण्टा सडकमा सवारी साधन रोकिएको थियो । देशको मुख्य समस्याका रूपमा रहेको भ्रष्टाचार न्यूनीकरण गर्ने अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले प्रदर्शनको आयोजना गरिएको आयोजकहरूले बताएका छन् ।   

भ्रष्टाचारविरुद्धको अभियानको सुरुआत सन् २०१८ को डिसेम्बर १० तारिखका दिन राष्ट्रपति मुसेभेनीले नै गरेका थिए । अभियानअन्तर्गत सर्वसाधारण र सरकारी अधिकारीहरूलाई भ्रष्टाचार गर्न निरुत्साहित गर्ने विभिन्न कार्यक्रमहरू गरिएको अधिकारीहरूले जनाएका छन् ।   

उनीहरूका अनुसार यस अवधिमा ५८ हजार ४१५ वटा उजुरी परेका थिए भने ८ हजार २२ वटा उजुरीको सम्बोधन गरिएको छ ।  कम्तीमा १११ जनालाई अदालतले दोषी ठहर गर्दै कारबाहीका लागि आदेश दिएको अधिकारीहरूले जनाएका छन् । Photo: africanews.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप