शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

महिला ह्याण्डबल: भारतसँग भाल्दिभ्स ४१–९ गोल अन्तरले पराजित

बुधबार, १८ मङ्सिर २०७६, २२ : ३१
बुधबार, १८ मङ्सिर २०७६

कास्की । साग खेलकूदअन्तर्गत आज भएको महिला ह्याण्डबल प्रतियोगितामा भारतले माल्दिभ्सलाई ४१–९ को गोल अन्तरले पराजित गरेको छ । पोखरा रङ्गशालामा भएको प्रतियोगितामा भारतका लागि निधि शर्मा, मेनिका र सोनिकाले सर्वाधिक ६÷६ गोल गरे ।

भारतका लागि खुस्बु कुमारी, स्वर्णीमा जैसवाल र शालिनी ठाकुरले समान ४÷४ गोल गरेका थिए । प्रतियोगितामा ज्योति शुक्ला, उमा, केएम मञ्जुला पाठकले समान २ गोलको योगदान गरे । प्रियन्का ठाकुर, दीपशिखा र प्राची गर्जुरले समान १ गोल गर्न सफल भएका थिए । 

माल्दिभ्सकोतर्फबाट ऐसथ रिमाले सर्वाधिक ४ गोल गरे । हालिमिथ हान्साले २ गोलको योगदान गरिन् । धिमा मोहम्मद, ऐसथ लेने अब्दुल्लाह अमिर र नुहा अहमेदले समान  १÷१ गोल गरे । 

पुरुष ह्याण्डबलमा नेपाल पराजित 
    
प्रतियोगिताको पुरुषतर्पmको ह्याण्डबलमा नेपाल पराजित भएको छ । नेपालले खेलेको आफ्नो पहिलो खेलमा श्रीलङ्कासँग ३७–३० ले पराजित भएको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा १६–१७ भएको अवस्थामा दोस्रो हाफमा श्रीलङ्काले २० गोल गर्न सफल बन्यो । नेपालले दोस्रो हाफमा १४ गोल मात्र सीमित रह्यो । 

खेलको शुरुआती मिनेटमै नेपालका लागि गोल गरेर खाता खोलेका यामबहादुर पुनले टोलीका लागि ३ गोलको योगदान गरेका थिए भने मदन चुनाराले सर्वाधिक ६ गोल गरेका थिए । प्रतियोगितामा सन्दीप कार्कीले ५ गोल र सन्तोष श्रेष्ठ, केशव विष्ट, दिनेश श्रेष्ठ, श्रीबहादुर सिंजालीले समान ३÷३ गोलको योगदान गरे । कप्तान विशाल बस्नेतले २ गोल र किपर विशाल नेपाली र आशिष अधिकारीले समान १÷१ गोलको योगदान गरेका थिए । 

त्यस्तै श्रीलङ्काकोतर्फबाट भने कोस्वाथ्था मुहम्दीराम रालाले टोलीका लागि गोलको खाता खोले । श्रीलङ्काको पल्लावातागे प्रभात माडुसले सर्वाधिक १२ गोल गरेका थिए । दिशानायके मुदियान्सेलागेले समान ७ गोलको योगदान गरे । तिलकरत्ने मुदियान्सेलागेले ५ गोल गरे । विराकोदी हार्सप्रसाद डिले २ गोलको योगदान गर्नुका साथै नवारत्ने मुदियान्सेलागे ए ले १ गोल गरे ।

नेपालका कप्तान विशाल नेपाली ४० मिनेटमा रेडकार्ड खाँदै मैदानबाट बाहिरिए । यसअघि, विशाल २ मिनेटका लागि मैदानबाट तीनपटक विश्राम लिएका थिए । नेपालका श्रीप्रसाद सिंजालीले पहेंलो कार्ड पाए । 

श्रीलङ्काको नवारत्ने मुदियान्सलागे एलाई पहेंलो कार्ड पाए । डेमुनी नुवान, कोस्वाथ्था मुहमुदिराम रालाले समान एकपटक दुई मिनेटको विश्राम लिएका थिए । 

पुरुष ह्याण्डबलमा भारतको जित

प्रतियोगताअन्तर्गत आजै भएको अर्को खेल पुरुष ह्याण्डबलमा भारतले विजय शुरुआत गरेको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको प्रतियोगितामा भारतले बङ्गलादेशलाई ४२–३३ गोलले जित हासिल गरेको हो । 

भारतको जितमा दीपक वलावातले सर्वाधिक १६ गोल गरे । नवीन पुनिया र अङ्कितले समान ५–५ गोल गरे । नवदीप र विजय सिंहले ४ गोलको गरे । टिंकु र रमेश चन्दले ३ गोलको योगदान गरे । ह्याप्पीले २ गोल गरेका थिए । 

त्यसैगरी बङ्गलादेशकोतर्फबाट भने एमडी रोबिउल अवालले सर्वाधिक ११ गोल गरेका थिए । मोहमद सोहाग होसेन सोहागले ५ गोल गरे । इम्दादुल हसन राकिब र मोहम्मद सोहेल राना सोहेलले समान ४ गोलको योगदान गरे । 

मोहम्मद ताजु हसनले समान ३ गोलको योगदान गरे । मेहेदी हसन र मोहम्मद साकिर समिर इमोले समान २ गोलको योगदान गरे ।  मोहम्मद मासुम अहमद र विपुलु घोषले समान १ गोल गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप