बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

साढे ३३ किलो सुन तस्करी प्रकरण: सर्वोच्चद्वारा आरके ज्वेलर्स सञ्चालन गर्न बाटो खुला

बुधबार, १८ मङ्सिर २०७६, २२ : १३
बुधबार, १८ मङ्सिर २०७६

काठमाडौं । सर्वोच्च अदालतले साढे ३३ किलो सुन तस्करी प्रकरणबारे अनुसन्धान गर्न गठित उच्चस्तरीय छानविन समितिले सिलबन्दी खुला गरी आरके ज्वेलर्स सञ्चालनका लागि बाटो खुला गरेको छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आज काठमाडौँको न्यूरोड र दरबारमार्गमा रहेको आरके ज्वेलर्समा लगाएको सिलबन्दी हटाएर पसल सञ्चालन गर्न आदेश जारी गरेको हो । 

समितिको टोलीले २०७५ जेठ २८ गते सो ज्वेलर्समा छापा मारेर सिलबन्दी गरेको थियो । तस्करी गरेको सुन बिक्री गरेको भन्दै साढे ३३ किलो सुन तस्करी प्रकरणमा २०७४ चैत ३० गते ज्वेलर्सका सञ्चालकलाई अनुसन्धानका लागि पक्राउ गरिएको थियो ।

सुनका मुख्य लगानीकर्ता मोहनकुमार अग्रवालको घरमा छापा मारेपछि सनम शाक्यको संलग्नतासमेत खुलेको थियो । अग्रवालको घरमा छापा मारेर रु ३० लाख नगद, दुई किलो चाँदी र १० तोला सुन बरामद भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप