शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

समृद्धिका लागि उद्योगधन्दा र व्यापार आवश्यक: बाबुराम भट्टराई

बुधबार, १८ मङ्सिर २०७६, २२ : ०९
बुधबार, १८ मङ्सिर २०७६

तनहुँ । सङ्घीय समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले समृद्धिका लागि उद्योगधन्दा र व्यापार व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । तनहुँको बन्दीपुरमा आज पार्टीका कार्यकर्तासँग आयोजित भेटघाटमा हरेक व्यक्ति उत्पादनसँग जोडिनुपर्ने उनले बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले परम्परागत कृषिले मात्रै समृद्धि सम्भव नरहेकाले कृषिमा आधुनिकीकरण आवश्यक रहेको बताए । विश्वमा विकास भएका नयाँ ज्ञान विज्ञानलाई प्रयोग गरेर कृषिमा आधुनिकीकरण र औद्योगिकीकरण आवश्यक रहेकामा भट्टराईको जोड थियो । 

नेपालमा राजनीतिक आन्दोलन पूरा भइसकेकाले जनताको आर्थिकस्तर उकास्दै समृद्ध मुलुक बनाउनेतर्फ सबै पार्टीको चासो हुनुपर्नेमा भट्टराईले जोड दिए । उनले विकासको सवालमा राजनीति नगरी सबै राजनीतिक दलबीच सहमति र सहकार्य हुनुपर्ने धारणा राखे । 
    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप