अन्तिम मिनेटमा नेपाल सम्हालिन नसक्दा श्रीलंकासँग बराबरी
बुधबार, १८ मङ्सिर २०७६, १९ : १६

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको दोस्रो खेलमा नेपाल श्रीलंकासँग बराबरीमा रोकिएको छ । दशरथ रंगशालामा बुधबार भएको आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकासँग १–१ गोलको बराबरी खेलेको हो ।
नेपालका कप्तान सुजल श्रेष्ठले ३७ मिनेटमा गोल गरेका थिए । उनले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । नेपाल अन्तिम ९० मिनेटमा सम्हालिन सकेन । र श्रीलंका मोहम्मद अकिबले ९१ मिनेटमा फ्रिकिकमार्फत गाल गर्दै खेललाई बराबरीमा रोक्न सफल भए ।
राउण्ड रोबिनका आधारमा हुने खेलका शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन्। पुरुष फुटबलमा नेपाल र भुटानसहित बंगलादेश, श्रीलंका, माल्दिभ्स रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जग्गा विवादले रोकियो कर्णाली ‘हाई अल्टिच्यूट ट्रेनिङ सेन्टर ’ निर्माण
-
सन्तोषी मृत्यु प्रकरण : अनुसन्धानका लागि इन्स्पेक्टर जोशी पक्राउ
-
माओवादी अभियान : प्रचण्डसहितको टोली मोरङमा, सहिद परिवारसँग भेट
-
केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो
-
मस्कले संघीय कर्मचारीलाई इमेलको जवाफ दिन अर्को मौका पनि दिने
-
बंगालको खाडीमा भूकम्प